Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘लालटिनको उज्यालोमा’ सार्वजनिक

चैत्र १०, २०७४ १:५८ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, १० चैत/ सरस्वती ज्ञवालीद्वारा आफ्नो आत्मकथामा आधारित रहेर लेखिएको ‘लालटिनको उज्यालोमा’ पुस्तक आज यहाँ सार्वजनिक गरिएको छ । राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त यशोदा तिमिल्सिना, समालोचक प्राध्यापक डा.कृष्णचन्द्र शर्मा, नेकपा एमालेका सांसद बिन्दा पाण्डेले संयुक्त रुपमा सो पुस्तकको विमोचन गर्नुभयो ।

अक्षर क्रिएसन्स् नेपालद्वारा प्रकाशित सो पुस्तक २४४ पृष्ठ र ३२० रुपैयाँ मूल्यको छ । उक्त पुस्तकमा २८ वटा विभिन्न उपशीर्षक छन् र तिनमा फरक प्रसंग, भोगाई र अनुभूति समेटिएको छ । घरमै बसेर अध्ययन गर्ने वातावरण समेत नपाएकी एउटी नारीले आफ्नो अध्ययनपछि शिक्षिका र राजनीतिकर्मीका रुपमा समाज परिवर्तनका लागि गरेको संघर्षका कथाहरुलाई यस पुस्तकमा समेटिएको छ ।

शिक्षा र चेतनाको अभाव रहेका नेपालका पश्चिम पहाडी विकट गाउँहरुमा महिलाको अवस्था र उनीहरुले आफ्नो शिक्षा तथा आधारभूत अधिकार प्राप्तिका लागि गर्नुपरेका संघर्षपूर्ण कठिन परिस्थितिहरुलाई पुस्तकमा उल्लेख गरिएको छ । पाल्पाको मदनपोखरामा जन्मिएकी लेखिका ज्ञवालीले २०४० को दशक र त्यसपछिको पाल्पा, गुल्मीसहित त्यस क्षेत्रका नारीको अवस्था र आफैले त्यस समयमा भोग्नुपरेका जागिरे र राजनीतिकर्मीको जीवनका यथार्थ भोगाइहरुलाई सो पुस्तकमा आत्मकथाका रुपमा उतार्नुभएको छ ।

एकजना राजनीतिक कार्यकर्ताका रुपमा सरस्वतीले एकातिर बुहार्तन र अर्कातर्फ जागिरका साथै संगठन निर्माणको कार्यका अनेक कठिन भोगाइहरुलाई सो पुस्तकमा उतार्नुभएको छ । त्यसमा उहाँले गुल्मी जिल्लामा महिला संघको गठन र आफू अध्यक्ष भएर संगठन हाँक्नुपर्दाका अप्ठेराहरुलाई पनि समेट्नुभएको छ ।

त्यस्तै उहाँले आफ्नो जिवनमा करिब एक दर्जन कार्यालयमा जागिर खाएको तर राजनीतिक पूर्वाग्रहका कारण कहिल्यै स्थायी हुन नसकेको यथार्थलाई पनि आत्मकथाका रुपमा पुस्तकमा लेख्नुभएको छ । लेखिका सरस्वतीले एउटी श्रीमतीका रुपमा आफ्ना राजनीतिकर्मी श्रीमान्को सफलता र प्रगतिका लागि आफ्नो जागिर र आकांक्षाहरुलाई पनि बिर्सिदिनेगरी निर्वाह गरेको भूमिकालाई पनि आत्मकथाका रुपमा वर्णण गरिएको छ ।

पुस्तकको शीर्षक ‘लालटिनको उज्यालोमा’ लेखिकाले आफ्नो शिक्षिकाको जागिरसँग जोडेर लालटिनकै भएपनि उज्यालोतर्फको यात्राको बिम्बका रुपमा प्रस्तुत गर्नुभएको छ । तर पुस्तकको अन्तिमतिर भने उहाँले मस्तिष्क पक्षाघात भएकी हाल २८ वर्षीया आफ्नी छोरीको जीवनलाई पनि उज्यालोकै रुपमा ब्याख्या गर्नुभएको छ । पुस्तकमा देखिन्छ— छोरी क्षितिज पक्षाघातको बिरामी भएर ह्वीलचियरको सहायताले बाँचेकी छिन् तर अहिले पनि उनी लेखिकाको एक्लोपनको साथी हुन् र उनको स्याहार सुसारमा लेखिका बडो भावनात्मक रुपमा खट्नुभएको छ ।

यसरी छोरी, बुहारी, पत्नी, आमाका साथै समाजका अनेक भूमिकासँग एउटी नारी कसरी कामगर्न सक्छे भन्ने बारेमा पुस्तकमा लेखिकाले बयान गर्नुभएको छ । त्यसैगरी एउटी महिलाले घर परिवारसँगै राजनीतिक कार्यकर्ताको उत्तरदायित्वको बहन गर्नेकार्य कसरी सम्भव हुनसक्छ भन्ने अनेक पाटोहरुको प्रस्तुती पनि यस पुस्तकमा निकै रोमाञ्चक रुपमा समेटिएको छ । रासस

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result