Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बेलायती राष्ट्रिय पत्रिकामा विज्ञापन प्रकाशित गरी फेसबुक प्रमुखद्वारा क्षमा याचना

चैत्र ११, २०७४ ३:०७ मा प्रकाशित
Share on FacebookShare on Twitter

लण्डन, बेलायत, ११ चैत / विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरवर्गले बेलायती राष्ट्रिय पत्रिकाहरूको आइतबारको अङ्कमा पूर्ण पृष्ठको विज्ञापन छापी फेसबुकबाट व्यापक गोप्य तथ्याङ्क सार्वजनिक भएकोप्रति क्षमा याचना गर्नुभएको छ ।

“फेसबुकमा आएको तपाईको सूचनालाई संरक्षण गरी राख्ने जिम्मेवारी हामीलाई छ । यदि यो गर्न सक्दैनौ भने हामी योग्य हुन सक्दैनौ ।”

‘सन् २०१४ मा फेसबुकका लाखौँ प्रयोगकर्ताको तथ्याङ्क चुहिएको’ विश्वविद्यालयका अनुसन्धाताले गरेको जाँचबुझबाट थाहा भएको जुकरबर्गले उक्त विज्ञापनमा स्वीकार गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “यो घटना विश्वासप्रतिको धोखा हो र त्यस समयमा केही गर्न नसकेकोमा म क्षमा याचना गर्न चाहन्छु । हामीबाट यस किसिमको गल्ती पुनः हुने छैन भन्ने निश्चित गर्न आवश्यक कदम चालिसकिएको जानकारी गराउन चाहन्छु ।”

बेलायती राष्ट्रिय पत्रपत्रिकामा छापिएको उक्त बिषय यूरोप, अमेरिकालगायतका क्षेत्रमा फेसबुकबाट भएको कमजोरीका बारेमा अनुसन्धान थालिएपछि फेसबुकको सेयरमा आएको गिरावटसँगै जुकरवर्गद्वारा गत हप्ता सार्वजनिकरूपमा दिएका अभिव्यक्तिसँग मेल खाने खालका छन् ।

जुकरवर्गले भन्नुभएको छ, “अहिले फेसबुकले नियम परिवर्तन गरिसकेको छ त्यसैले अव यस्ता गल्ती भविष्यमा हुने छैनन् ।”

उहाँले लेख्नुभएको छ, “हामीले यो समस्या समाधान हुनुपूर्व ठूलो सङ्ख्याको तथ्याङ्कमा पहुँच राख्ने हरेक एपमाथि खोजी गरिरहेका छौँ । जव हामी पत्ता लगाउने छौँ तिनीहरूमाथि रोक लगाउने छौँ र प्रभावित सवैलाई जानकारी गराउने छौँ ।”

यद्यपि उक्त विज्ञापनमा तथ्याङ्क प्रयोग गरेको भनी आरोप लागेको ‘क्याम्ब्रिज एनालिटिका’ नामक बेलायती फर्मबारे केही उल्लेख गरिएको छैन । उक्त संस्थाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सन् २०१६ का बिषयमा काम गरेको थियो । सम्भावित तथ्याङ्क चुहावटबारे आएका खबरमा आधारित बनेर उक्त संस्थाले पनि अनुसन्धानकर्ता अलेक्जेन्डर कोगानको आलोचना गरेको छ ।

कोगानले फेसबुकका लागि जीवनस्तरबारे प्रश्नत्तर गर्ने एप निर्माण गरेका थिए जसलाई करिब दुई लाख ७० हजार मानिसले डाउनलोड गरेका थिए तर यसमा दसौँ लाख फेसबुक प्रयोगकर्तासँग पहँुच दिइएको थियो ।

फेसबुकले कोगानले उक्त सूचनालाई ‘क्याम्ब्रिज एनालिटिका’ नामक बेलायती अनुसन्धान फर्मलाई दिएको बताएको छ । तर कोगानले आँफूलाई यस प्रकरणमा फसाइएको बताउनुभएको छ ।  (रासस÷एएफपी)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result