Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चिकित्साशास्त्र स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण

चैत्र १३, २०७४ ५:०१ मा प्रकाशित
Share on FacebookShare on Twitter

सुर्खेत, १३ चैत

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्साशास्त्र (एमडिजिपी) स्नातकोत्तर तहको पाठ्यक्रमको निर्माण गरेको छ । पाठ्यक्रम विकास समितिका संयोजक डा तरुण पौडेल, समितिका अन्य छजना सदस्यसहित नेपालका विज्ञ चिकित्सकको टोलीले पाठ्यक्रम निर्माण गरेको हो । लामो समयदेखि पाठ्यक्रम निर्माणमा संलग्न रहेको समितिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सोमबार निर्माण कार्य पूरा गरेको प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “समितिसहितको समग्र विज्ञ चिकित्सकको उत्साहजनक सहभागिताले पाठ्यक्रम अनुमोदन गरिसकेको छ । यसले कर्णाली प्रदेश, प्रतिष्ठान र यहाँका महिला, बालबालिकाको समस्यालाई सम्बोधन गर्ने र उन्नयनमा सहयोग पु¥याउने छ ।” यो कार्य कर्णाली प्रदेशकै लागि ठूलो उपलब्धि हुने उहाँको भनाइ छ । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा डा धर्मराज श्रेष्ठले मुलुकभरिका शतप्रतिशत विज्ञको सहभागितामा बनेको पाठ्यक्रम अब नेपाल मेडिकल काउन्सिलमा पेश गर्ने तयारीमा रहेको बताउनुभयो । “पाठ्यक्रमअनुसारको मापदण्ड पुगे नपुगेको बारे काउन्सिलले हेरेर दिएको स्वीकृति बमोजिम यो कार्यक्रम शुरु गर्छौैं,” शिक्षाध्यक्ष श्रेष्ठले भन्नुभयो । खासगरी यो कार्यक्रम सञ्चालनका लागि पाठ्यक्रम, संकाय र पूर्वाधार आवश्यक हुने उहाँको भनाइ थियो ।

प्रतिष्ठानका डिन प्रा डा मोदनाथ मरहट्टाले निर्मित पाठ्यक्रमले बालरोग, स्त्रीरोग, हाडजोर्नी, जनरल मेडिसिन, एनेस्थेसिया विधाका विशेषज्ञ जनशक्ति उत्पादन गर्ने बताउनुभयो । “नेपालको चिकित्सा जगत्मा विज्ञ र अनुभवी डाक्टर यसरी जमघट भएको अवस्था थिएन,” उहाँले बताउनुभयो । यद्यपि प्रतिष्ठान जुम्लाद्वारा आयोजित कार्याशाला गोष्ठीमा सबै विधामा दखल राख्ने प्राध्यापक तथा डाक्टरहरुको संलग्नतामा पाठ्यक्रम बनाइएको छ,” डिन मरहट्टाले रासससँग भन्नुभयो । यसअघि एनेस्थेसिया सहायकको पनि पाठ्यक्रम तयारी गरिएको बताउँदै डिन मरहट्टाले भन्नुभयो, “स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले प्राध्यापक, चिकित्सक, शिक्षकको अनुसन्धान तथा प्राध्यापन कला, ज्ञान र सीप अभिवृद्धिका लागि ‘साइन्टिफिक राईटिङ्’ (वैज्ञानिक लेखन) सम्बन्धी तालीम प्रदान गरेको छ ।”
पाठ्यक्रम निर्माणमा नेम्स, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम), पाटन तथा बिपी कोइराला स्वास्थ्य विज्ञान, कर्णाली स्वास्थ्य विज्ञान र मध्यपश्चिम क्षेत्रीय अस्पताल र देशका अन्य प्रतिष्ठित अस्पतालका विज्ञ चिकित्सकको सहभागिता रहेको थियो ।
पछिल्लो समयमा प्रतिष्ठानले शैक्षिक तथा प्राज्ञिक गतिविधिलाई गतिशील बनाउँदै लगेको छ । २०७० सालदेखि स्टाफ नर्स र २०७२ सालदेखि एचए (स्वास्थ्य सहायक) कार्यक्रम सञ्चालन गर्दै आएको प्रतिष्ठानले आगामी २०७५ सालको वैशाखदेखि मिडवाइफरी तह सञ्चालन गर्ने तयारीमा पुगेको र बिपीएच तहको पठनपाठनको पनि योजना रहेको जनाएको छ । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result