Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मलाला पाकिस्तानमा

चैत्र १५, २०७४ २:४७ मा प्रकाशित
Share on FacebookShare on Twitter

इस्लामावाद, १५ चैत / सन् २०१४ मा नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल पाकिस्तानी नागरिक मलाला युशुफजाई बिहीबार पाकिस्तान फर्किनुभएको छ ।

हाल २० वर्ष पुगेकी युशुफजाइले १४ वर्षको उमेरमा उक्त पुरस्कार हात पार्न सफल हुनुभएको थियो । हाल उहाँले एकजना बाल अधिकारकर्मीका रुपमा काम गरिहनुभएको छ ।

उहाँलाई १४ वर्षकै उमेरमा पाकिस्तानी तालिबान लडाकूहरूले गोली प्रहार गरी हत्या प्रयास गरेका थिए । त्यसपछि गम्भीर घाइते उहाँको बेलायतमा उपचार भएको थियो ।

मुस्लिम देश पाकिस्तानमा प्राय बालिका शिक्षालाई त्यति प्राथमिकता नदिने गरेको र त्यहाँका कट्टरपन्थी पाकिस्तानी लडाकूहरु, तालिबानले बालिका शिक्षालाई अनुमति नदिने गरेकोमा उहाँले भने बालिका शिक्षाको वकालत गर्नुभएको थियो ।

यसरी पाकिस्तानमा बालिका शिक्षाको पक्षमा अभियान चलाएका कारण नै उहाँलाई तालिबानहरुले सन् २०१२ मा गोली हानेका थिए । टाउकोमा गोली लागेर गम्भीर घाइते भएकी उहाँको बेलायतको बर्मिङ्घमको एक अत्याधुनिक अस्पतालमा उपचार भयो ।

पछि उहाँको परिवार त्यहीँ बस्न थालेको हो । उहाँले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनगर्दै बालिका शिक्षासम्बन्धी अभियान पनि जारीराख्दै आउनुभएको छ ।

त्यस घटनापछि उहाँ पहिलो पटक पाकिस्तान फर्किनुभएको हो । उहाँ बुधबार राति इस्लामावादको एक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।

सुरक्षा संवेदनशीलताका कारण उहाँको पाकिस्तान भ्रमणसम्बन्धी कुनै पनि विस्तृत कार्यक्रमहरु भने गोप्य रखिएको छ ।

उहाँलाई तालिबानहरुले अहिले पनि धम्की दिइरहेकोले उहाँको भ्रमणका समयमा हुनसक्ने घटनालाई हृदयंगम गरी यसरी सुरक्षा सतर्कता अपनाइएको समाचारमा जनाइएको छ ।

मलालाले पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको भए पनि भेटको समय भने केही दिइएको छैन ।

उहाँको पाकिस्तान आगमनसँगै सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । इस्लामाबादस्थित बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँ आफ्ना आमाबुबासँगै अवतरण गर्नुभएको दृश्य पाकिस्तानी टिभीहरुले देखाएका छन् ।

मलालाले आफ्नो अध्ययन सकेपछि पाकिस्तानको प्रधानमन्त्री बन्ने र यहाँका महिला र बालबालिकाको अधिकारमा कामगर्ने उद्देश्य रहेको यसअघि बताउँदै आउनुभएको थियो ।(रासस÷एएफपी)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result