Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दुई कोरियाको बैठकले अमेरिका र उत्तर कोरिया वार्ता सहज हुने

चैत्र १६, २०७४ ३:११ मा प्रकाशित
Share on FacebookShare on Twitter

वासिङ्टन, १६ चैत / उत्तर र दक्षिण कोरियाबीच हुन लागेको बैठकले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच हुने भनिएको वार्तालाई पनि सहजता प्रदान गर्ने अमेरिकाले जनाएको छ ।

यस बैठकले अमेरिकासँगको वार्ताको मुख्य एजेण्डालाई नजिक बनाउने र यसबाट द्विपक्षीय वार्ता र आवश्यक एजेण्डागत छलफलमा पनि स्पष्टता आउने अमेरिकाको अनुमान छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हाइदर नरेटले यस विषयमा जानकारी दिनुभएको हो । उहाँले बिहीबार उक्त मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्मा भन्नुभयो– दुई कोरियाबीचको आसन्न सम्मेलनका कारण अमेरिकासँगको आगामी बैठक पनि थप सहज हुनेछ ।

उत्तर र दक्षिण कोरियाली प्रमुखहरुले आगामी अप्रिल महिनामा भेटवार्ता गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले यस बैठकको कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।

नेता किमले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि वार्ता गर्नुहुने भएको छ । यी दुई नेताबीच आगामी मे महिनामा शिखर बैठक हुने भनिएको छ । सो बैठकअघि अमेरिकी विदेश मन्त्रालयको यो भनाई आएको हो ।

प्रवक्ता हाइदरले भन्नुभयो– हामीले उत्तर कोरियासँग विश्वासका आधारमा वार्तागर्ने तयारी गरिरहेका छौँ र हाम्रो विश्वासअनुरुप उत्तर कोरियापनि आओस भन्ने हामी चाहन्छौँ ।

उहाँले यस वार्ताकै विषयमा उत्तर र दक्षिण कोरियासँग कैयौँ पटकसम्म फोनमा कुराकानी पनि भएका जानकारी सो अवसरमा दिनुभएको प्राप्त समाचारमा जनाइएको छ ।

यस्तै गत बुधबार मात्र पनि ह्वाइट हाउसका प्रवक्ताले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका क्षेत्रमा पछिल्लो समयमा निकै राम्रो प्रगति हुदै गएको जानकारी दिनुभएको थियो ।

किमका लागि यो ठूलो अवसर – राष्ट्रपति ट्रम्प

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमका लागि यो राम्रो अवसर भएको स्पष्ट गर्नुभयो । किमले कोरियाली प्रायद्वीमा अब मानवीयताका आधारमा सोच्नुपर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभएको छ– ‘उत्तर कोरियाका लागि यो राम्रो अवसर हो, अब यसलाई कसरी सदुपयोग गर्ने र कोरियाली प्रायद्वीपको विषयमा अब विश्व समुदायसँग कसरी अघिबढ्ने भन्ने बारेमा नेता किमले नै बुझ्नुपर्दछ ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले हालै गरेको चीन भ्रमणले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको काममा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताउनुभएको हो ।

हालैमात्र अकस्मात चीनको भ्रमणमा पुगेका नेता किमले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा भएको भेटवार्ताका क्रममा यस्तो सहमति जनाएको चीनको भनाई आएको छ ।

उक्त चीन भ्रमणको दक्षिण कोरियाले पनि समर्थन गरेको छ । दक्षिण कोरियाको विदेश मन्त्रालयले सो भ्रमण कोरियाली प्रयद्वीपमा शान्ति प्रक्रियाको लागि फलदायी हुने बताएको छ ।

रासस÷सिन्ह्वा

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result