याङ्गोन, म्यानमार, १६ चैत / म्यानमारका नवनिर्वाचित राष्ट्रपति यू विन मिन्टले शुक्रबार यहाँको मन्त्रीमण्डलको पुनर्गठन गर्नुभएको छ ।
राष्ट्रपतिको कार्यालयले दिएको जानकारी अनुसार यू मिन्ट स्वे तथा यू हेनरी भान थाइयो उपराष्ट्रपति रहेको २७ सदस्यीय नयाँ मन्त्रीमण्डल बनाइएको छ ।
नयाँ मन्त्रीहरूमा आङ सान सुकी विदेशमन्त्री, लेफ्टिनन्ट जनरल क्वा स्वे गृहमन्त्री, लेफ्टिनन्ट जनरल सेन विन रक्षा मन्त्री रहनुभउको छ भने ये आङलाई सीमा मामिला मन्त्री नियुक्त गरिएको छ ।
प्रतिनिधि सभाका पूर्व सभामुख मिन्ट गत बुधबार राष्ट्रपति निर्वाचित बन्नुभएको थियो ।
सन् २०१६ मा निर्वाचित हुनुभएका म्यानमारका निवर्तमान राष्ट्रपति ७२ वर्षीय उ तिन कायले स्वास्थ्यका कारण केही दिन पहिले आफ्नो पदबाट राजीनामा दिनुभएको थियो । (रासस÷सिन्ह्वा)





प्रतिक्रिया लेख्नुहोस्:-