काठमाडौँ, १९ चैत ९ / नेपाली कथा साहित्यमा उल्लेखनीय योगदान पु¥याएवापत ‘गुरुप्रसाद मैनाली कथा सम्मान–२०७४’ बाट पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन गरिएको छ ।
नेपाल साहित्यिक पत्रकार संघले यहाँ आज आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले चन्दलाई दोसल्ला ओढाएर ताम्रपत्रद्वारा अभिनन्दन गर्नुभयो ।
वरिष्ठ कथाकारसमेत रहनुभएको पूर्वप्रधानमन्त्री चन्दका विसर्जन, हिउँको तन्नालगायत कथासंग्रह छन् ।
सो अवसरमा कुलपति उप्रेतीले साहित्य तथा राजनीतिका माध्यमबाट सामाजिक सशक्तिकरणमा चन्दले महत्वपूर्ण योगदान पु¥याउनुभएको विचार व्यक्त गर्नुभयो ।
वरिष्ठ राजनीतिज्ञ चन्दले साहित्यले राजनीतिलाई दिशानिर्देश गरी मुलुकको आर्थिक तथा सामाजिक परिवर्तनमा सशक्त भूमिका निर्वाह गर्ने बताउनुभयो ।
यसैगरी सोहि कार्यक्रममा कथाकार राजेन्द्र विमललाई रु एक लाख एक हजार एक सय एघार नगद सहित ‘गुरुप्रसाद मैनाली कथा सम्मानबाट सम्मानित गरिएको छ ।
उहाँका खहरेको तिर्खा उपन्यास र राजेन्द्र विमलका कथाहरु नामक कथासंग्रहलगायतका कृतिहरु प्रकाशित छन् ।
सो अवसरमा कथाकार विमलले जव राजनीतिमा संकट आउछ, त्यस समय साहित्यले राजनीतिलाई डो¥याउने र सही मार्गमा ल्याउने विचार व्यक्त गर्नुभयो ।
संघका अध्यक्ष राधेश्याम लेकालीले विसं २०२९ मा स्थापना गरिएको उक्त संघले विभिन्न आरोह अवरोह पार गर्दै साहित्यलाई प्रवद्र्धन गर्न सहयोग गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा ३६ औँ कथा दिवसका अवसरमा विभिन्न कथाकारले लघु कथा सुनाउनुभएको थियो । रासस
प्रतिक्रिया लेख्नुहोस्:-