Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘समृद्धि’ हाम्रो साझा लक्ष्य : प्रधानमन्त्री ओली

चैत्र २४, २०७४ १०:४९ मा प्रकाशित
नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
Share on FacebookShare on Twitter

नयाँदिल्ली, भारत, चैत २४/भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका सरकार र जनताको साझा लक्ष्य समृद्धि भएको बताउनुभएको छ ।

आफ्ना भारतीय समकक्षीसँगको प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय वार्तापछि संयुक्तरुपमा पत्रकारहरुलाई सम्बोधन गर्दै उहाँले सामाजिक–आर्थिक विकास र समृद्ध नेपाल निर्माण आफू नेतृत्वको सरकारको लक्ष्य र उद्देश्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संक्रमणकालको अन्त्यसँगै आर्थिक विकासको युगमा नेपाल प्रवेश गरेको छ । यस्तो अवस्थामा छिमेकीको हामीलाई साथ, सहयोग र समर्थन चाहिन्छ ।”

पारस्परिक विश्वासमा आधारित नेपाल–भारत सम्बन्धलाई नमूनाका रुपमा विकास गर्ने नेपालको चाहनालाई मुखरित गर्दैै उहाँले त्यस निम्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट निर्वाह भएको भूमिकाको सराहना गर्नुभयो ।

समानता, न्याय, पारस्परिक सम्मान र हित नेपाल र भारतका साझा प्रारब्ध भएका चर्चा गर्दै प्रधानमन्त्री ओलीले शान्तिपूर्ण सहअस्तित्व तथा दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ एवं प्रगाढ बनाउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले उच्च राजनीतिक तहमा हुने भेटवार्ताले सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने र बहुआयामिक द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गर्न यस्ता भेटवार्ता महत्वपूर्ण हुने बताउनुभयो ।

दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने उपाय र पारस्पारिक लाभका खातिर अवसरहरुको खोजी गर्न आफू भारत भ्रमणमा आएको स्पष्ट गर्दै उहाँले प्रधानमन्त्री मोदीसँग आपसी सम्बन्धका सबै विषयमा विचारविमर्श भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले शताब्दिऔं पुरानो नेपाल–भारत सम्बन्धका सबै पक्षलाई २१औं शताब्दी सुहाउँदो तुल्याउन दुबै देशका उच्च कूटनीतिक तहमा गठन भएको प्रवुद्ध व्यक्ति समूह(इपिजी)लगायत सबै विषयमा रचनात्मक छलफल भएको जानकारी पनि दिनुभयो ।

बितेका दुई दशकमा भारतले हासिल गरेको विकास र समृद्धि नेपालका निम्ति अवसर भएको बताउँदै उहाँले नेपालीलाई ‘सुखी’ तुल्याउने आफ्नो प्रयासमा भारतबाट सक्दो सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार निर्माण तथा स्थल, जल र नभमार्गबाट नेपाललाई सम्पर्क सञ्जालमा समावेश गर्ने आफ्नो उद्देश्य पूरा गर्न भारतीय प्रधानमन्त्री मोदीले समुद्रसम्मको पहुँच नेपाललाई उपलब्ध गराउने घोषणा गर्नुभएकामा हार्दिक आभार व्यक्त गर्नुभयो ।

नेपालको उपयोग हुन नसकेको अपार जलस्रोतको विकासमा लगानी गर्न भारतका निजी तथा सार्वजनिक क्षेत्रलाई आह्वान गर्नुभयो र माथिल्लो कर्णाली, अरुण तेस्रो, पञ्चेश्वरलगायत विशाल परियोजनालाई गति दिन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले दुबै देशका ऊर्जा आवश्यकता सम्बोधन गर्न ऊर्जा बैंकको स्थापना, नयाँ प्रशारण लाइन निर्माण, बाढी तथा डुबान नियन्त्रणलगायत दुबै देशका जनताले भोग्नुपरेका समस्याको उपयुक्त समाधानका निम्ति संयुक्त प्रयास गर्न प्रधानमन्त्री मोदी सहमत भएको बताउनुभयो ।

प्रधानमन्त्री मोदीले आफ्नो संभाषणको प्रारम्भ नेपाली भाषामा गर्दै आफ्नो ‘सबैको साथ, सबैको विकास’ नारा र आफ्ना नेपाली समकक्षीको ‘समृद्ध नेपाल ः सुखी नेपाली’ नारा एक अर्काका परिपूरक भएका बताउनुभयो ।

“जनताको सुख, शान्ति र समृद्धि हाम्रा साझा लक्ष्य हुन्, त्यसमा नै हामी केन्द्रित छौं, जनताका आकांक्षा हामी पूरा गर्छौं,” उहाँले भन्नुभयो – “नेपालको समावेशी विकासको भारत साझेदार बन्नेछ ।”

स्थानीय निकाय, प्रान्त र संघीय संसद्को चुनावलाई नेपालको ठूलो उपलब्धिका रुपमा चित्रण गर्दै भारतका प्रधानमन्त्री मोदीले राजनीतिक इतिहासको नयाँ युगमा नेपाल प्रवेश गरेको बताउनुभयो ।

नेपालका प्राथमिकता र आवश्यकतामा भारतले सघाउँछ

प्रधानमन्त्री मोदीले नेपालको आर्थिक उन्नयन र समृद्धिको प्रयासमा पूर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाल सरकारले निर्धारण गरेका विकासका प्राथमिकता र आवश्यकतामा आधारित भएर सहायता गर्ने बताउनुभयो ।

“भारत र नेपाल कृषि प्रधान देश हुन्, कृषि क्षेत्रमा नयाँ साझेदारी गर्न हामी तयार छौं, पशुपालन, माटो परीक्षण, कृषि शिक्षा र कृषि अनुसन्धानमा सहयोग बढाउनेछौं” – भारतीय प्रधानमन्त्रीले घोषणा गर्नुभयो ।

“सगरमाथाको देशको अब सागरसम्म सम्पर्क स्थापना हुनेछ,” समुद्रसम्म नेपालको पहुँच स्थापनामा भारतले सघाउने र नेपाल भू–परिवेष्टित देश भए पनि भूमिबाट सम्पर्क स्थापना गर्न सक्षम राष्ट्र बनेको आशय व्यक्त गर्दै उहाँले भन्नुभयो । आफ्नो मन्तव्य पुनः नेपाली भाषा मै समापन गर्दै प्रधानमन्त्री मोदीले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, रक्षा, सुरक्षालगायत जनकेन्द्रित क्षेत्रमा निरन्तर सहयोग वृद्धि गर्ने घोषणा पनि गर्नुभयो । मेश लम्साल /रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न
अमेरिका समाचार

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने
Breaking News

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित
ट्रेन्डिंग न्यूज्

भोलिदेखि आचारसंहिता लागू हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result