काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अब सरकारले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । मन्त्री अर्यालले आज वैदेशिक रोजगार कार्यालयको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।
उनले वैदेशिक रोजगारीमा जाने श्रमिकले कार्यालय समयभित्र अनलाइनबाट कागजात पेस गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्न सक्ने प्रणाली विकास गरिएको जानकारी गराए । अनलाइनबाट सही तरिकाले कागजात पेस गरेको दुई मिनेट ४४ सेकेन्डमा स्वीकृत गर्न सक्ने अवस्था रहेको उनले उल्लेख गरे । तर, प्रविधिका समस्या, प्रणाली, विद्युत् र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृति दिन सकिने उनले स्पष्ट पारे ।






प्रतिक्रिया लेख्नुहोस्:-