Saturday, February 4, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आलेख :अन्तर्राष्ट्रियकरण हुँदैछ नेपाली खाना

चैत्र २६, २०७४ ३:२२ मा प्रकाशित
आलेख :अन्तर्राष्ट्रियकरण हुँदैछ नेपाली खाना

g]kfnL :yfgLo vfgf ljZje/ k|rf/k|;f/ u/fpg] p2]Zon] ljZjJofkLs/0f ug]{ /fli6«o cleofg z'? ul/Psf] nf]k x'Fb} hfg] cj:yfdf /x]sf] g]kfnL df}lns vfgf . g]kfnsf :yfgLo vfgfsf] kl/sf/nfO{ cGt/f{li6«os/0f u/L ko{6s cfsif{0f ug]{ p2]Zon] /fli6«o cleofg z'? ul/Psf] xf] . t:jL/ M s[i0f clwsf/L, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, २६ चैत ९ / विश्वव्यापीकरणसँगै अधिकांश नेपाली मौलिक खाना लोप हुँदै गएको अवस्थामा त्यसलाई पुनः प्रयोगमा ल्याउँदै विश्वभर प्रचारप्रसार गराउने उद्देश्यले नेपाली खानाको विश्वव्यापीकरण गर्ने राष्ट्रिय अभियान’ शुरु भएको छ ।

नेपालका स्थानीय रैथाने खानाको परिकारलाई अन्तर्राष्ट्रियकरण गरी पर्यटक आकर्षण गर्ने उद्देश्यले अभियान शुरु गरिएको हो ।

होटल एशोसिएसन अफ नेपाल ९हान० को संयोजनमा रेस्टुरेन्ट एण्ड बार एशोसिएशन अफ नेपाल र सेफ्स एशोसिएशन अफ नेपालले नेपाली मौलिक खानाको प्रवद्र्धनात्मक अभियान शुरु गरेका हुन् । वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यको मुख्य अग्रसरतामा थालिएको यो अभियानले अन्तर्राष्ट्रिय जगत्मा नयाँ पहिचान स्थापित गर्ने विश्वास गरिएको छ ।

नेपाली पर्यटन र नेपाली मौलिक परिकारबीच गहिरो सम्बन्ध रहिआएको छ । कुनै पनि देशको पर्यटन प्रवद्र्धनका लागि त्यस देशको मौलिक खाना, रहनसहन र वेशभूषासँग प्रत्यक्ष सम्बन्ध राख्दछ । भारत, थाइल्याण्ड, भियतनाम, स्पेन, कम्बोडिया, इटालीलगायत विश्वका थुप्रै देशले आफ्ना देशका खानाका विभिन्न परिकारहरुबाट पर्यटक आकर्षित गर्ने गरेका छन् । नेपालमा पनि जातजातिको संस्कृतिअनुसारका परिकारलाई पर्यटनसँग जोडेर बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउन सकिने अभियानका सोचकर्ता कर्ण शाक्य बताउनुहुन्छ ।

नेपाल भ्रमणमा आउने पर्यटकहरु गाउँगाउँमा घुम्न, विभिन्न जातजातिका संस्कृतिसँग रमाउन र उनीहरुका मौलिक खानेकुरा खान रुचाउने गर्दछन् । नेपाल भ्रमण गरी स्वदेश फर्किएका विदेशी पर्यटकहरुले नेपाली खाना र संस्कृतिलाई विश्वभर प्रचार गरेको पाइन्छ । खाना प्रत्यक्षरुपमा जनजीवन, रीतिरिवाज, चाडपर्व, भूगोल, प्रकृति एवं हावापानीसँग जोडिने हुँदा पर्यटकले खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने देखिन्छ ।

विश्व भ्रमणमा निस्कने पर्यटकमध्ये ३० देखि ३५ प्रतिशत विभिन्न देशका खानाको स्वाद लिनकै लागि ती देशहरुको भ्रमण गर्दछन् । हिजोआज पर्यटनको माध्यमबाट देश विकास गर्न खोजेका देशहरुले मौलिक खानाको प्रवद्र्धनमा जोड दिएका छन् । इटालियन, इन्डियन, चाइनिज, कोरियन खाना परिकार भएजस्तै अब नेपालका पनि २६ वटा परिकार अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न लागिएको छ ।

भारतमा सन् १९६० ताका तत्कालीन पर्यटनमन्त्री करण सिँहले भारतीय खानाको प्रवद्र्धन गर्ने उद्देश्यले जेट विमानमा खाना राखी युरोप, अमेरिकामा लगेर प्रचार गराएका थिए । नेपालले पनि अन्तर्राष्ट्रिय समुदायमा नेपाली मौलिक खानाको प्रवद्र्धनबाट बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न सक्ने सम्भावना प्रशस्त रहेको छ । नेपाल आउने पर्यटकको ३५ देखि ४० प्रतिशत खर्च खानामा हुने गरेकाले यसतर्फ विशेष ध्यान दिनु आवश्यक देखिन्छ ।

नेपाली खाना र संस्कृति विश्वभर फैलिएको सन्दर्भमा नेपाली मौलिक खानालाई विश्वव्यापीकरण गरी बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न अभियान शुरु गरिएको हानका महासचिव विनायक शाहले बताउनुहुन्छ । थाइल्यान्ड, इटाली, भियतनाम जस्ता मुलुकहरुमा पर्यटकहरु त्यहाँ परिकार खानैका लागि करोडाँैको संख्यामा जाने गरेका छन् । नेपालको परिकारलाई पनि प्रवद्र्धन गर्न सके नयाँ ‘प्रडक्ट’को समेत शुरुवात हुने शाहको विश्वास छ । नेपाली परिकारका खानामा खर्च गराउन सके नेपालको प्रवद्र्धनमा थप सहज हुने देखिन्छ । ‘खानाले प्रवद्र्धन र नेपाली खानाप्रतिको विश्वास विश्वभर जाने छ जसबाट नेपाली पर्यटनमा नयाँ आयाम थपिन्छ,’ महासचिव शाहले भन्नुभयो ।

नेपालीले विश्व बजारमा होटल र रेस्टुराँ सञ्चालन गरेका तर, ती ठाउँमा इण्डियन, इटालियन, चाइनिजलगायत खानाको बिक्री गरिरहेकाले नेपालीले आफ्नै मौलिक खानाको परिकार पस्केर नेपाली पहिचान झल्काउन यो अभियान निकै महत्वपूर्ण मानिएको छ ।

नेपाली ग्यास्ट्रोनोमी लोकल्ली एण्ड ग्लोबल्ली क्याम्पेनका अभियन्ता सुरेशचन्द्र बस्नेतले आगामी मे महिनासम्म देशका प्रमुख शहरहरु र त्यसपछि विश्वका अन्य देशहरुमा नेपाली खानाको प्रवद्र्धनको अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

सरकारले होटलको अनुमतिपत्र दिँदा त्यसमा नेपाली रेस्टुराँ पनि भएको हुनुपर्ने प्रावधान राख्नुपर्ने होटल व्यवसायी महासचिव शाहको सुझाव छ । थाइल्याण्डले विश्वका कुनैपनि देशमा थाइल्याण्डको खाना खुवाउने रेस्टुराँ स्थापना गरेमा आर्थिक अनुदान तथा प्राविधिक सहयोग पु¥याए जस्तै नेपाल सरकारले पनि विभिन्न देशमा रहेका नेपाली रेस्टुराँहरुमा नेपाली रैथाने खाना राख्न प्रेरित गराउन शुरु शुरुमा प्रोत्साहत गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

विश्वभर नेपालीहरुले नेपाली रेष्टुराँ सञ्चालन गर्दै आएको भए पनि दाल, भात र रोटीलाई नै नेपाली खान भन्नु पर्ने बाध्यता रहेको थियो । अब ती रेस्टुराँमा नेपाली मौलिक २६ खानाका परिकारहरु पाउन सकिनेछ । यसमा पाँचवटा सुपमा पञ्च क्वाः ९आलु, तामा र बोडी०, सिस्नोको झोल, फाँडो, क्वाटी र ज्वानोको झोल रहेका छन् । यसैगरी, स्न्याक्समा चुकौ, करेसावारी, चुक शखर खन्ड र साँधेको आलु रहेका छन् ।

मुख्य खानामा जोगी भात, सेकुवा, मनाः छोय्ला, हाकु छोय्ला, कुखुरा साँधेको, बँदेल उसिनेको, ढुंग्रे, वो ९बारा०, चटाँमरी, पकुवा, फुलौरा रहेका छन् । डेजर्ट आइटममा योमरी, दहीफल, सिकर्नी ९दही र दालचिनी० राखिएको छ । ती परिकारको क्यालोरी परीक्षणका लागि सरकारको खाद्य प्रयोगशालामा पठाइएको छ । मेन कोर्स, एपेटाइजर, डेजर्ट गरी विभिन्न भागमा बाँडिएको खानामा चाहिने मसला तथा सामग्रीहरु जुनसुकै देशमा पनि उपलब्ध हुने भएकाले अन्तर्राष्ट्रिय होटलमा यी परिकार बनाउन सकिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते नेपाली खानालाई औपचारिकरुपमा उद्घाटन गरी अन्तर्राष्ट्रियकरण गर्नुहुने कार्यक्रम छ । त्यसपछि ती मौलिक नेपाली खानालाई विदेशस्थित नियोगहरु, गैरआवासीय नेपाली संघ, युनेस्कोलगायत सरोकारवाला संघसंस्थाको सहकार्यमा अन्तर्राष्ट्रियस्तरमा निरन्तर प्रचारप्रसार र प्रर्वद्धन गरिनेछ । हाल ८० देशमा रहेका गैरआवासीय नेपालीमध्ये ९० प्रतिशत नेपाली होटल व्यवसायमा आवद्ध छन् । रेष्टुराँको नाम नेपाली भए पनि त्यहाँ नान, टिक्का, तन्दुरी लगायतका भारतीय परिकारको बाहुल्यता छ ।

नेपाल पर्यटन बोर्डको ’एक्सपेरियन्स नेपाल’ अभियानअन्तर्गत अस्ट्रेलिया, अमेरिकालगायतका विभिन्न देशमा रैथाने नेपाली खानाको प्रदर्शन अभियान सञ्चालन गरिएको थियो । अभियानलाई आफ्नो अभियानका रुपमा लिँदै बोर्डले ‘एक्सपेरियन्स नेपाल अभियान’ यसअघि नै घोषणा गरी नेपाल भ्रमण वर्ष यूरोप २०१७ का संयोजकसमेत रहनुभएका दीपेश शाक्यलाई अभियानको संयोजक तोकेको छ । यसअघि सन् २०१७ मा घोषणा गरिएको भिजिट ‘नेपाल इन युरोप’का संयोजक रहनुभएका शाक्य नेपाली खानाका परिकारमार्फत नेपाली पर्यटनको प्रवद्र्धन हुने कुरामा विश्वस्त हुनुहुन्छ । नेपाली स्वादलाई विश्वभर रहेको रेष्टुराँमा नेपाली परिकारको रुपमा राख्न सकिएमा त्यसले नेपालको आफैं प्रचार हुने उहाँ बताउनुहुन्छ ।

सन् २०२० मा हुने भिजिट नेपालको पूर्व तयारीका रुपमा हेरिएको यो अभियान सन् २०१८ र २०१९ सम्म जारी रहने नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले बताउनुभयो । सन् २०१७ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या अहिलेसम्मकै उच्च १० लाख पुगेको छ । अबको दुई वर्षभित्र वार्षिक २० लाख पर्यटक र १२ वर्षभित्र ३० लाख विदेशीलाई नेपाल भ्रमण गराउने लक्ष्य सरकारले राखेको छ ।रासस

सम्बन्धित समाचार

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित
अमेरिका समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित

दिक्पाल केसीको ‘थोत्रो चोली’ बजारमा
कला/मनोरन्जन

दिक्पाल केसीको ‘थोत्रो चोली’ बजारमा

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती  शुक्रवार
Breaking News

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती शुक्रवार

चर्चित भारतीय कलाकार विवेक ओबराय पोखरामा
कला/मनोरन्जन

चर्चित भारतीय कलाकार विवेक ओबराय पोखरामा

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको  छ : हरिवंश आचार्य
Slider

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको छ : हरिवंश आचार्य

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

म राष्ट्रपतिका लागि रोई कराइ गर्दिन : डा.बाबुराम भट्टराई

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.