Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विनियोजन विधेयक, २०७४ माथि छलफल

बैशाख २, २०७५ १:३८ मा प्रकाशित
Share on FacebookShare on Twitter

रुपन्देही, २ वैशाख / प्रदेश नं ५ को सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७४ माथि विभिन्न शीर्षकमाथिको छलफलका लागि आजदेखि बाटो खुलेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभामा चालु आव २०७४÷७५ का लागि आर्थिक मामिला तथा योजना मन्त्रीका हैसियतमा रु एक अर्ब दुई करोडको बजेट विनियोजन विधेयकका रुपमा शुक्रबार प्रस्तुत गर्नुभएको थियो ।

विधेयक छलफलमा प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रदेशसभा सदस्य अष्टभुजा पाठकले बजेट ल्याउने विषयमा प्रतिपक्ष दलसँग कुनै छलफल नगरी ल्याएको आरोप लगाउँदै सञ्चित कोषमा राखेको रकम केका लागि हो भन्ने प्रश्न गुर्नभयो ।

सत्तारुढ दलका प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले सैद्धान्तिक रुपमा धेरै राम्रा विषय समेटेर बजेट आएको उल्लेख गर्दै योजनाबद्ध विकास अहिलेको आवश्यकता भएको बताउनुभयो ।
प्रदेशसभा सदस्य चेतनारायण आर्चायले प्रदेश सरकारका लागि बजेट मार्गनिर्देशन भएकामा जोड दिँदै कृषि क्षेत्रमा भएको अनुदानको कार्यक्रम कृषकलाई प्रोत्साहित गर्न आएको बताउनुभयो ।

प्रदेशसभा सदस्य तारा जिसीले स्थानीय तहमा भन्दा प्रदेश सरकारको बजेट कम भएको उल्लेख गर्दै जनआकाक्षांलाई बजेटले सम्बोधन गर्न सकेको छैन भन्नुभयो ।

प्रदेशसभा सदस्य दीर्घनारायण पाण्डेले कपिलवस्तुको कृष्णनगरलाई सुख्खा बन्दरगाहाका रुपमा स्थापना गर्न बजेटको माग गर्नुभयो ।

प्रदेशसभा सदस्य धर्मबहादुर श्रीवास्तवले स्थानीय तहमा प्रदेश सरकारको बजेटको पहुँच नभएको आरोप लगाउनुभयो ।

प्रदेशसभा सदस्य वीरबहादुर रानाले प्रदेशको नामाकरणदेखि स्थायी राजधानीको टुंगो लगाउन माग गर्दै पाल्पालाई शैक्षिक हब बनाउन प्रादेशिक विश्वविद्यालयको सम्भाव्यता अध्ययन गर्न माग गर्नुभयो ।

छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले बजेटमा चालु खर्च र पूँजीगत खर्चबीच सन्तुलन मिलाउने प्रयास भएको जानकारी दिँदै बजेटको सीमा रहेको छ भन्नुभयो ।
उहाँले रेल–वे लाइनको डिपिआर प्रक्रिया शुरु भएको जानकारी दिँदै लुम्बिनीलाई जनताको समृद्धिसँग जोड्नका लागि छलफल चलिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी अझै पनि अभ्यास गर्दै सिक्दै जाने प्रक्रियामा छौँ ।” मुख्यमन्त्री पोखरेलले बजेट न हिँड्न सक्ने र न कुद्न सक्ने अवस्थामा रहेको उल्लेख गर्दै एकताबद्ध भएर अघि बढे सबै समस्याको समाधान गर्न सकिन्छ भन्नुभयो ।रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न
अमेरिका समाचार

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने
Breaking News

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित
ट्रेन्डिंग न्यूज्

भोलिदेखि आचारसंहिता लागू हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result