Friday, May 1, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पोर्चुगलको राजधानीमा घन्कियो नेपाली गान

बैशाख ३, २०७५ ३:४५ मा प्रकाशित
पोर्चुगलको राजधानीमा घन्कियो नेपाली गान

dfofsf] lrgf] u|x0f ub}{ M g]kfnL snf / nf]s ;F:s[ltsf] ;+/If0f, k|a{4g Pj+ g]kfnL ko{6gsf] k|rf/ k|;f/ ug]]{ p2]Zon] o'/f]k]nL d'n's kf]r'{unsf] /fhwfgL ln:agdf cfO{taf/ ;DkGg ePsf] g]kfnL dxf]T;jdf lab]zL ;/sf/L pRr clwsf/Lx? g]kfnL 9fsf 6f]kL / vfbfdf kf]r'{unsf nflu ca}tlgs g]kfnL afl0fHob"t ds/ axfb'/ xdfnaf6 dfofsf] lrgf] u|x0f ub}{ . t:aL/ M e/t k|wfg÷/f;;

Share on FacebookShare on Twitter

लिस्बन, पोर्चुगल, ३ वैशाख । पार्क वरपर नेपालका झण्डाहरु सजाइएका छन् । त्यहाँ नेपालको हिमशृंखला, भगवान् गौतम बुद्ध र नेपाल झल्कने तस्वीरहरु टांगिएका छन् ।

नेपाली खानाका परिकारदेखि हस्तकलाका सामग्रीले पार्क झकिझकाउ देखिएको छ । पार्कको एक छेउमा सजाइएको मञ्चमा नेपाली वेशभूषामा सजिएर बाल कलाकारहरुले आफ्नो प्रस्तुति दिइरहेका छन् । दर्शकदीर्घाबाट हजारौं नेपाली तथा विदेशीहरु त्यहाँ भइरहेका गतिविधि हेरिरहेका छन् ।

छातीमा हात, साथमा नेपाली राष्ट्रिय झण्डा । “सयौं थुँगा फूलका हामी एउटै माला नेपाली”, बोलको राष्ट्रिय गीत गुञ्जिरहँदा देशप्रेमले सहभागीको मुटु ढक्क फूलेको महसुस हुन्थ्यो । एकपछि अर्को गर्दै नेपाली राष्ट्रियतासँग जोडिएका गीतहरु घन्किरहँदा दर्शकदीर्घामा सहभागीहरु कहिले नाचिरहेका देखिन्थे त कहिले गीतको तालमा ताल मिलाइरहेका देखिन्थे । यो दृश्य त्यसभित्रको कुनै कार्यक्रममा हुँदो हो त सामान्य जस्तै लाग्ने थियो होला । तर यो दृश्य सात समुद्रपारि युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनमा आइतबार देखिएको हो ।

नेपालीको परिचयसँग जोडिएका विभिन्न वेशभूषामा सजिएकाहरु लिस्बनस्थित मार्तिम मुनिज पार्कमा भेला भएर नेपाली महोत्सव मनाइरहँदा प्रवासमा रहेर पनि नेपाल मै भए जस्तै धेरैले अनुभूत गरे । नेपाली मात्रै होइन विदेशी नागरिकहरु समेत दर्शकदीर्घामा रहेर नेपाली महोत्सव नियालिरहँदा आयोजक संस्था भने यो कार्यक्रमले नेपाल र नेपालको परिचय विदेशीमाझ चिनाउन केही भएपनि योगदान दिन सकेकामा मख्ख देखिन्थे । महोत्सव वरपर राखिएका स्टलहरुमा विदेशीहरुले चासोका साथ नेपाली उत्पादन र नपाली पर्यटनको अध्ययन तथा अवलोकन गरिरहेका थिए ।

उक्त महोत्सवमा दौरा सुरुवाल, गून्यू चोलो, चौबन्दी चोलो, सारीमा मात्र हैन मगर, तामाङ, शेर्पा, नेवारी, गुरुङ वेशभूषालगायतका थरिथरिका वेशभूषामा सजिएका नेपालीहरु देखिन्थे ।

यो दृश्य नेपालीहरुका लागि सामान्य जस्तै लाग्ने भएपनि विदेशीहरुका लागि भने फरक र अनौठो दृश्य थियो ।
नेपालीहरु जस्तै विदेशी नागरिकहरु पनि चाख लाग्दो तरिकाले यी र यस्ता थुप्रै दृश्यहरु मुग्ध हेरिरहेका देखिन्थे ।

नेपाली नयाँ वर्ष २०७५ को अवसर पारेर गैरआवासीय नेपाली संघ पोर्चुगलले पहिलोपटक आयोजना गरेको नेपाली महोत्सवमा विदेशीहरुले उत्साहका साथ अवलोकन गरेका हुन् ।

नेपाली कला र लोक संस्कृतिको संरक्षण, प्रवद्र्धन एवं नेपाली पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्यले विदेशी भूमि पोर्चुगलमा नेपाली महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा “यो नेपाली शिर उचाली, संसारमा चम्किन्छ” र “बिर्सेको छैनौं हामी, संस्कृति अझै पनि, नेपालमा हामी जन्मेको, नेपालमै मिलौंला” भन्ने गीत प्रस्तुत भइरहँदा सहभागी नेपालीहरु नेपाली झण्डा फहराउंदै नाचिरहेका देखिन्थे ।

यस्तै, ख्यातिप्राप्त लोकदोहोरी गायक जेबी वलीले लोकदोहोरी गीतमार्फत सहभागी नेपाली तथा विदेशीहरुलाई छमछमी नचाएका थिए । दुई बालिकाले यहांँको स्थानीय पोर्चुगिज भाषा मै प्रहसन समेत प्रस्तुत गरेका थिए ।

महोत्सवमा नेपाली कला र लोक संस्कृति झल्कने नेपाली वेशभूषासहितको विशेष साँस्कृतिक झाँकीहरु पनि प्रदर्शन गरिएको थियो ।

विदेशीहरुलाई नेपालका बारेमा जानकारी दिने, नेपाली कला, संस्कृति र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले विदेशी भूमिमा नेपाली महोत्सव गरिएको संघका अध्यक्ष कुबेर कार्कीले राससलाई बताउनुभयो । यहाँको स्थानीय प्रशासनको सहयोगमा न्यूनतम खर्चमा महोत्सव सम्पन्न गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । महोत्सवको नेपाली तथा विदेशी गरी ६ हजार भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकको अनुमान छ ।

महोत्सवको उद्घाटन गर्दै पोर्चुगलका लागि अवैतनिक नेपाली वाणिज्यदूत मकर बहादुर हमालले नेपाली कला र लोक संस्कृति र पर्यटन प्रवद्र्धनका लागि विदेशी भूमिमा नेपाली महोत्सव आयोजना हुनु नेपालीहरुका लागि गर्वको विषय भएको बताउनुभयो ।

महोत्सवले नपालको पर्यटन उद्योग प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको पर्यटन दूत रमेश कुमार गुरुङले बताउनुभयो ।

महोत्सवमा पोर्चुगलबाट नेपालका लागि वाणिज्यदूत एवं उद्योगपति राजेन्द्र खेतान, एनआरएन पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण बहादुर हमाललगायतले नेपाललाई एक आकर्षक पर्यटकीय गन्तव्यको रुपमा प्रचारप्रसार गर्न सबै नेपाली लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

महोत्सव नेपाली वाणिज्य दूतावासको संरक्षकत्व एवं नेपाल पर्यटन बोर्ड, नेपाल चेम्बर अफ कमर्श तथा पोर्चुगलमा क्रियाशील नेपाली संघसंस्थाहरुको सहआयोजनामा सम्पन्न भएको हो ।

महोत्सवमा नेपाली उत्पादन, हस्तकला, नेपाली खाना, नेपाली पोशाक, नेपाल झल्काउने तस्वीरलगायतका सामग्री राखिएका नौ वटा स्टल राखिएका थिए ।

महोत्सवमा पोर्चुगलमा रहेका ख्याति प्राप्त नेपाली राष्ट्रिय कलाकारहरु लोक दोहोरी गायक जेबी वली, गायक देव लामा, लोक गायक भगवान् भुजेल, लोक दोहोरी गायिका गीता रेउलेलगायत एक दर्जन बढी कलाकारले प्रस्तुति दिएका थिए ।

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result