काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित अध्यक्ष चन्द्र ढकालले पदभार ग्रहण गरेका छन् । उनले आइतबार ढकालले आज टेकुस्थित महासङ्घको कार्यालयमा गएर पदभार ग्रहण गरेका हुन् ।
महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष भएका छन् । पदभार ग्रहण गर्दै ढकालले आफू सानो व्यवसाय सुरु गरी यहाँसम्म आएकाले अध्यक्षका रुपमा साना व्यवसायीहरुको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
महासङ्घको गत चैत २८ र २९ मा सम्पन्न भएको ५७औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-