Saturday, February 4, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एमाले–माओवादी एकतापछि ‘सूर्य’ चिह्नमा समझदारी

बैशाख ४, २०७५ ४:३५ मा प्रकाशित
एमाले–माओवादी एकतापछि ‘सूर्य’ चिह्नमा समझदारी
Share on FacebookShare on Twitter

काठमाडौँ, ४ वैशाख / पार्टी एकताको तयारीमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ ।
पार्टी एकता संयोजन समितिको आजको बैठक मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्ष्रुलाई जिम्मेवारी दिइएकामा निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताहरुले जनाएका छन् । एमालेले सूर्य र केन्द्रले ‘सूर्यभित्र हँसिया हथौडा’ चिह्न राख्नुपर्ने अडान राखेको कुरा बाहिर आए पनि चिह्नको विवाद हल भइसकेको एमालेका महासचिव एवं संयोजन समितिका सदस्य र्ईश्वर पोखरेलले जानकारी दिनुभयो । हाल एमालेको ‘सूर्य’ र माओवादी केन्द्रको ‘गोलाकारभित्र हँसिया हथौडा’ निर्वाचन चिह्न छन् ।

महासचिव पोखरेलले भन्नुभयो, “हामीबीच एकताका लागि ठूलो विवाद छैन, निर्वाचन चिह्न त विवादको विषय नै होइन, मिलिसक्यो । अन्य केही केही विषयलाई फाइनल टच दिने काम दुई अध्यक्षले गर्नुहुनेछ र अर्काे संयोजन समितिको बैठकले निर्णय गर्नेछ ।”

दुई दलबीचका वैचारिक र अन्तरिम विधान मस्यौदा कार्यदलले एकता घोषणाको मिति, निर्वाचन चिह्न, सांगठनिक अनुपात, जनयुद्धको विश्लेषणजस्ता विषयमा निर्णय गर्न बाँकी राखेर संयोजन समितिलाई गत चैत तेस्रो साता प्रतिवेदनहरु बुझाएको थियो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको गत चैत २३–२५ को भारत भ्रमणका कारण प्रतिवेदनमाथिको छलफलमा ढिलाइ भएकामा आज बसेको बैठकमा गम्भीर छलफल भएको दुवै दलका नेताले प्रतिक्रिया दिनुभएको छ ।

प्रतिवेदनहरुले यही वैशाख ९ गते एकता घोषणा गर्न दिएको सुझावलाई सकारात्मक रूपमा लिँदै त्यसको तयारी गर्ने भनी गत चैत २२ को संयोजन समितिको बैठकमा निर्णय भएको थियो । यसबीच दुई दलका शीर्ष नेताको बैठक नहुँदा उक्त मिति पर सर्र्ने आशंका देखिएका बेला आजको बैठकमा मिति तय गर्न पनि दुई अध्यक्षको समझदारीपछि निर्णयमा पुग्ने सहमति भएको केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

संयोजन समितिको बैठकलगत्तै अध्यक्षहरु ओली र दाहालबीच बालुवाटारमा आपसी भेटवार्ता शुरु भएको छ । महासचिव पोखरेलले यही वैशाख ५ गते विद्यार्थी भर्ना अभियानका लागि नेता र मन्त्रीहरु काठमाडौँ बाहिर जाने भएकाले वैशाख ६ गते मात्रै औपचारिक तयारी हुने जानकारी दिनुभयो । उहाँले दुई अध्यक्ष तयारीमा लाग्ने भएकाले वैशाख ९ गते एकता घोषणा नहुने भन्ने अहिल्यै भन्न नसकिने बताउनुभयो भने केन्द्रका नेता श्रेष्ठले सो दिनका लागि तयारी नपुग्ने देखिएको जनाउनुभयो । दुवै कार्यदलले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन वैशाख ९ मा एकता गर्नु उपयुक्त हुने सुझाव दिएका थिए । गत फागुन ७ मा पार्टीको नाम ‘नेकपा कम्युनिष्ट पार्टी’ र निर्देशक सिद्धान्त ‘माक्र्सवाद लेनिनवाद’ राख्नेलगायत एकताका सातबुँदे प्रारम्भिक आधारमा दुई दलले कार्यदलमार्फत एकता प्रक्रिया थालेका हुन् ।

दुई दलबीच केन्द्रीय समितिमा रहने अनुपात ५०÷५० हुनुपर्ने माग माओवादी केन्द्रबाट आएको हो भन्ने प्रश्नमा महासचिव पोखरेलले त्यसरी छलफल नभएको जिकिर गर्दै भन्नुभयो, “पार्टी एकता हुने भइसकेपछि त्यस्तो विषय विवाद हुँदैन, व्यक्तिको योग्यता, क्षमता, पृष्ठभूमि र आवश्यकताका आधारमा जिम्मेवारी दिइन्छ, हामीले प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिक एवं राष्ट्रियसभा निर्वाचनको तालमेलका लागि पृथक् पृथक् ढाँचामा उम्मेदवारी तय गरेको अभ्यास हामीसँग छ ।”

महासचिव पोखरेलले बहुदलीय प्रतिष्पर्धालाई स्वीकार गरेर एकतापछि एमाले र माओवादी केन्द्र नरही नयाँ दल बन्ने भएकाले ‘जनयुद्ध’लाई हेर्नेजस्ता विवादमा नअल्झिई उन्नत चेतनाका साथ अघि बढ्ने पनि स्पष्ट गर्नुभयो । एमालेले एकताको तयारीका लागि यही वैशाख ६ गते पोलिटब्यूरो र ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।रासस

सम्बन्धित समाचार

एमसीसीबारे चीनका लागि पूर्व राजदूत पौडेललाई बाबुरामको जवाफ : जिम्मेवार ब्यक्तिले भ्रमको आगोमा घिउ थप्न मिल्छ ?
ट्रेन्डिंग न्यूज्

राष्ट्रपतिमा शुभेच्छुकहरुले आफ्नो नाममा पनि चर्चा चलाएको बाबुराम भट्टराईको खुलासा

नेपाली दुतावासको कन्सुलर सेवा शिविर एक दिन थप
Breaking News

नेपाली दुतावासको कन्सुलर सेवा शिविर एक दिन थप

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई दूरवीन नेपालको प्रश्न: तपाई र गगन थापाबीच पावर शेयरिंगको सहमति भएको हो ?
Breaking News

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई दूरवीन नेपालको प्रश्न: तपाई र गगन थापाबीच पावर शेयरिंगको सहमति भएको हो ?

बेलायती प्रधानमन्त्री जोनसनले दिए पदबाट राजीनामा
ट्रेन्डिंग न्यूज्

बेलायती प्रधानमन्त्री जोनसनले दिए पदबाट राजीनामा

स्थानीय तहले जनतालाई राम्रो सेवा प्रवाह गर्नुपर्छ : प्रधानमन्त्री देउवा
Breaking News

स्थानीय तहले जनतालाई राम्रो सेवा प्रवाह गर्नुपर्छ : प्रधानमन्त्री देउवा

नेकपा (माओवादी केन्द्र) मा ९७ जना केन्द्रीय सदस्य थप्ने निर्णय
Breaking News

नेकपा (माओवादी केन्द्र) मा ९७ जना केन्द्रीय सदस्य थप्ने निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

म राष्ट्रपतिका लागि रोई कराइ गर्दिन : डा.बाबुराम भट्टराई

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.