Thursday, August 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

युवा संघ आयोजक कमिटी अध्यक्षमा पौडेल

बैशाख ६, २०७५ ३:५५ मा प्रकाशित
युवा संघ आयोजक कमिटी अध्यक्षमा पौडेल
Share on FacebookShare on Twitter

काठमाडाँै, ६ वैशाख / युवा संघ नेपाल केन्द्रीय कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीको अध्यक्षमा रमेश पौडेललाई जिम्मेवारी दिएको छ ।

यही वैशाख ३ गतेदेखि आज बिहानसम्म बसेको बैठकले उपाध्यक्षमा किरण पौडेल, चन्द्र लामा, गोविन्द थापा, क्रान्ति बुर्लाकोटी, पर्शुराम बस्नेत, हस्त शाही र प्रभात कटुवाललाई मनोनीत गरेको छ ।

बैठकले महासचिवमा नरेश शाहीलाई जिम्मेवारी दिएको छ । सचिवमा माधव बास्तोला, राजेश साह, उर्मिला सुनुवार, वचन सिंह, पूर्ण लामा, अन्जना अधिकारी, हिमाल लिम्बू, दीपक जिएम, क्षितिज थेबे, राजु कार्की, धु्रव यादव, सन्तोष रावल र सुरेन्द्र कार्कीलाई मनोनीत गरेको छ ।

बैठकले संगठनका अध्यक्ष राजीव पहारीको राजीनामा स्वीकृत गरेको छ । नवनिर्वाचित अध्यक्ष पौडेलले रासससँगको कुराकानीमा सबैलाई मिलाएर महाधिवेशनको तिथि तय गर्ने जानकारी दिनुभयो ।

संगठनका तत्कालीन उपाध्यक्ष दिलु पन्तले भने संगठनको आठौँ महाधिवेशन पछि विभिन्न प्रक्रियाले नवौँ महाधिवेशन गर्न नसकिएकाले तेस्रो पटक महाधिवेशन गर्न नेतृत्व चयन गरिए पनि यस प्रक्रियाले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने प्रतिक्रिया दिनुभयो ।

महासंघद्वारा पत्रकारलाई सम्मान

यसैबीच, दक्षिण एशियाली ज्योतिष महासंघले नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापामगरलाई सम्मान गरेको छ ।

महासंघको १६ औँ वार्षिकोत्सवका उपलक्ष्यमा बुधबार आयोजित कार्यक्रममा चेतना डट कमका सम्पादक रामकुमार क्षेत्री र हिमाल टेलिभिजनका समाचारदाता मनिता पोखरेललाई समेत सम्मान गरिएको थियो ।

समाचारको माध्यमबाट सामाजिक रुपान्तरणमा योगदान गरेबापत उहाँहरुलाई सम्मान दिइएको हो । त्यसैगरी, संस्थाका पूर्व अध्यक्ष लक्ष्मी बराल र पुरुषोत्तम भट्टराईलाई पनि सम्मान गरिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले सम्मान गर्दै सञ्चारमाध्यमले सत्यतथ्य सूचना तथा समाचारका माध्यमबाट समाजलाई सुसूचित गर्ने हुँदा समाजलाई सकारात्मक परिवर्तन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष लक्ष्मण पन्थीले पछिल्लो समय ज्योतिषशास्त्रको अध्ययनप्रति नयाँ पुस्ताको आकर्षण बढ्दै गएको बताउँदै अहिले करीब २० हजार ज्योतिष उक्त संस्थामा आबद्ध रहेको जानकारी गराउनुभयो । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result