काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व कम संकलन भएकोप्रति असन्तुष्टि ब्यक्त गरेका छन् । उनले आज आन्तरिक राजश्व विभागका प्रमुखको समीक्षा बैठकलाई सम्बोधन गर्दै राजश्व सङ्कलनमा कुनै पनि लापरबाही गर्न नहुने बताएका हुन् ।
बैठकमा उनले भने, ‘नेपाल सरकारको विभिन्न मन्त्रालय खर्चका लागि जिम्मेवार हुन् । सम्बन्धित मन्त्रालयमा विनियोजन भएको रकम प्रभावकारी ढङ्गले खर्च होस् भन्ने अर्थ मन्त्रालयको अपेक्षा रहन्छ । राजस्व सङ्कलनमा अर्थ मन्त्रालयको अहम् भूमिका रहेकोले सबै राजस्व सङ्कलनको जिम्मा अर्थ मन्त्रालयको हो ।’
‘विभिन्न परिस्थितिजन्य अवस्थाले यस पटक राजस्व निक्कै कम सङ्कलन हुन गएको हो । गत वर्ष सङ्कलन भएको राजस्वसँग अहिले सङ्कलन भएको राजस्व दाँज्दा पनि हाम्रो प्रगति निकै कम देखियो,’ मन्त्री डा महतले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-