Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रवासीको लगानीमा आठ किमी मोटरबाटो निर्माण

बैशाख ९, २०७५ ३:३७ मा प्रकाशित
Share on FacebookShare on Twitter

बेनी, म्याग्दी, ९ वैशाख

म्याग्दीको एउटा गाउँबाट रोजगारका लागि प्रवासमा गएका व्यक्तिले रु एक करोड २५ लाख लगानीमा आठ किलोमिटर मोटरबाटो निर्माण गरी गाउँलाई सडक सञ्जालसँग जोडेका छन् ।

रघुगंगा गाउँपालिका–१ बेगखोलाबाट रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका बेगखोलेवासीले रु एक करोड २५ लाख जुटाएर बेग र बाँदुक गाउँलाइ जोड्ने आठ किमी सडक निर्माण गरेका हुन् । बेगखोला–देउराली–बेग—बादुक गाउँ जोड्ने यो सडकमा सरकारी लगानी भने छैन । हिउँद–बर्खा नियमित सवारी चल्ने यस सडकबाट गाउँलेले उत्पादन गरेको कृषि उपजको बजारीकरण, आवतजावतमा सुविधा र पर्यटकलाई समेत फाइदा पुगेको छ ।

मगर समुदायको बसोबास रहेको साबिक बेगखोला गाविसमा सडक मात्र होइन् शिक्षामा पनि प्रवासीको लगानी छ । स्थानीय महादेव माविको शैक्षिक गुणस्तरका लागि बेगखोले प्रवासीले अत्याधुनिक कम्प्युटर कक्ष स्थापना र त्यसको निरन्तरताका लागि रु २३ लाखको अक्षयकोष सञ्चालन गरेका छन्् । “दुई वर्षअघि पदमबहादुर पुर्जाको नेतृत्वमा स्थापना भएको कम्प्युटर कक्षमा १४ वटा ल्यापटप, प्रिन्टर र इन्टरनेटको व्यवस्था छ”, विद्यालयका प्रधानाध्यापक घनबहादुर फगामीले भन्नुभयोे, “वार्षिक रूपमा आउने ब्याजले कम्प्युटर शिक्षक, मर्मतसम्भार र इन्टरनेटको खर्च व्यवस्थापन हुन्छ ।”

विद्यालयमा योगकुमार फगामीले व्यक्तिगत रु पाँच लाखको पुरस्कार कोष, रु ६० हजारकोे गरीब तथा जेहेन्दार कोष र युबहादुर गर्बुजाले रु एक लाखको शिक्षक–अभिभावक कोष स्थापना गरेका छन् ।
विसं २०२५ मा स्थापना भएको विद्यालयको स्वर्ण जयन्तीका अवसरमा प्रवासीकै अगुवाइमा विद्यालय भवन पुनर्निर्माण अभियान शुरु गरिएको छ । रु दुई करोड लगानीमा १५ कोठे अत्याधुनिक भवन निर्माण गर्न अभियान शुरु गरिएको एनआरएनए युकेका अध्यक्ष एवं बेगखोले कल्याणकारी समाज युके उपशाखाका अध्यक्ष योगकुमार फगामीले जानकारी दिनुभयो । शिक्षा, सडक र पदमार्ग निर्माणका लागि प्रवासी बेगखोलेवासीले रु चार करोडभन्दा बढी लगानी गरेको फगामीले जानकारी दिनुभयो । बेगखोलाबाट विश्वका विभिन्न मुलुक पुगेका बेगखोले कल्याणकारी समाजमार्फत संगठित हँुदै आएका छन् । बेलायत, अमेरिका, हङकङ, दक्षिणकोरियामा यसको उपशाखा छ । “विदेश पुगे पनि गाउँका लागि केही गरौँ भन्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत एकजुट भएका छौँ”, बेगखोले समाज युकेका अध्यक्षसमेत रहेका फगामीले भन्नुभयो, “आफ्नो कमाईको केही हिस्सा गाउँको विकासमा लगानी गर्न जुटेका हौँ ।” रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result