Saturday, May 2, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

लुम्बिनी गुरुयोजना ‘कछुवा गतिमा’

बैशाख १३, २०७५ १:५८ मा प्रकाशित
लुम्बिनी गुरुयोजना ‘कछुवा गतिमा’
Share on FacebookShare on Twitter

बुटवल, १३ वैशाख / विश्वकै बौद्ध धर्मावलम्बीका लागि आस्थाको केन्द्र विश्व शान्तिका महानायक गौतमबुद्धको जन्म स्थान लुम्बिनीको योजनाबद्ध विकासको अभियान चार दशक पूरा भइसक्दा पनि पूरा हुन सकेको छैन ।

लुम्बिनीको विकासमा धेरै महत्वपूर्ण काम सम्पन्न भए पनि गुरुयोजना शुरु भएको चार दशकको अवधिमा गुरुयोजनाअनुसारको विकासमा झण्डै ७५ प्रतिशत काम सम्पन्न त भए तर, गुरुयोजनाले सन्तोषजनक फड्को मार्न सकेको देखिँदैन ।

कस्तो छ गुरुयोजना ः

सन् १९६७ अप्रिल २३ तारेखमा राष्ट्रसंघका तत्कालीन महासचिव उथान्तले लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्न गुरुयोजना तयार गरी विकास गर्ने सोच बनाउनुभयो । उहाँले विश्वविख्यात जापानीज वास्तुविद् प्रो केन्जो टांँगेलाई गुरुयोजना बनाउने जिम्मा दिनुभयो ।

बृहत् गुरुयोजनाले लुम्बिनीमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय बौद्ध संस्कृतिका जीवन्त परम्परालाई झल्काउने, लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्वलाई संरक्षण गरी अन्तर्राष्ट्रिय मापदण्डको पवित्र तीर्थस्थलको रुपमा संरक्षण र संवद्र्धन गर्ने लक्ष्य राखेको पाइन्छ ।

विश्वकै बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र तथा सम्पूर्ण धर्मावलम्बीका लागि आकर्षक गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिएको गुरुयोजना उत्तर दक्षिण पाँच वर्ग माइल क्षेत्रमा फैलिएको छ । उत्तरबाट मध्य भागमा एक वर्ग माइलको तीन खण्डलाई क्रमशः पुरातात्विक क्षेत्र पवित्र उद्यान, अन्तर्राष्ट्रिय बौद्ध विहार क्षेत्र र नयाँ लुम्बिनी गाउँसमेत गरी मुख्यतया यो भूखण्डलाई तीन क्षेत्रमा विभाजन गरिएको छ ।

राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको यो परियोजनाको गुरुयोजनाअनुरुप निर्माण गर्नुपर्ने कतिपय संरचना निर्माण भइसकेका छन् भने कतिपय महत्वपूर्ण संरचना निर्माणका क्रममा रहेका छन् ।

गुरुयोजनाभित्रको पवित्र उद्यान क्षेत्र ः

लुम्बिनीको सबैभन्दा महत्वपूर्ण पवित्र उद्यान क्षेत्र गुरुयोजनाको सबैभन्दा दक्षिणतर्फ रहेको छ । यहाँ मायादेवीको मन्दिर, अशोक स्तम्भ, अशोककाल र पूर्व मौर्यकालका इँटाको संरचना, बुद्धकालसम्मका इँटाको बुट्टा, सांस्कृतिक अवयव, प्राचीन बौद्ध विहारको भग्नावशेष आदि रहेका छन् । सन् १९९७ देखि युनेस्कोको विश्व सांस्कृतिक सम्पदामा सूचीकृत सम्पदा यहाँ रहेका छन् । यस पवित्र उद्यान क्षेत्रमा लुम्बिनी गुरुयोजनाअनुसारको चार पोखरी, विश्व सम्पदास्थल वरिपरिका ८० वर्ग मिटर तथा केही साना गरी ४१ चाक्लामा हरियाली सदाबहार उद्यानको प्रारम्भिक चरणको निर्माणका कार्य सम्पन्न भएका छन् ।

लुम्बिनी गुरुयोजना वरिपरि सुरक्षा पर्खाल निर्माण कार्य सम्पन्न भएको छ भने लुम्बिनीको मेरुदण्डको रुपमा रहेको गुरुयोजनाअनुसारको केन्द्रीय नहर पूरा भई गुरुयोजनाअनुसार नै तीर्थयात्री एवं पर्यटकलाई उत्तरतर्फबाट बुद्ध जन्मस्थलसम्म जान र आउन डुँगा सञ्चालन गरिसकिएको छ ।

यस्तै प्रो टाँगेले तयार पारेको शैलीमा प्रशासकीय भवन तथा पर्यटक सूचना केन्द्र निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आएको छ । लुम्बिनी गुरुयोजनालाई सूचना प्रविधिका तर्फबाट सहज र अत्याधुनिक बनाउन थालिएको छ ।

विहार क्षेत्रको आकर्षण ः

केन्द्रीय नहरको पूर्वपट्टि १३ देशका विहार निर्माणार्थ छुट्याइएका क्षेत्रमा नेपाललगायतका मुलुकका सात वटा विहार निर्माण भएका छन् भने पश्चिमपट्टि महायानी २९ चाक्लामध्येको भूखण्डमा १२ मित्रराष्ट्रका विहार बन्ने गरी २१ वटा क्षेत्रमा निर्माण कार्य जारी छ ।

यस्तै, गुरुयोजनाअनुरुपको नयाँ लुम्बिनी गाउँको उत्तरतर्फ सर्वसाधारणदेखि पर्यटक बस्ने हाल उच्च तथा मध्यम दुई जापानी होटल तथा सरल श्रीलंकाली तीर्थयात्री आवास निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् ।

गुरुयोजनाको यस क्षेत्रमा कोषको प्रशासनिक भवन, तीर्थयात्री सूचना केन्द्र, संग्रहालय, पुस्तकालय, सभा बैठककक्ष, क्याफे रेष्टुराँ, उपहार पसल, बैंक, प्रहरी सुरक्षा, स्वास्थ्य चौकी जस्ता संरचना रहेको लुम्बिनी सांस्कृतिक केन्द्र क्षेत्रमा लुम्बिनी गुरुयोजनाअनुसारका निर्माण कार्य चलिरहेको छ ।

लुम्बिनी विकास कोषले लुम्बिनीको विकाससँगै बुद्धको जीवनीसँग जोडिएका कपिलवस्तुको तिलौराकोटलगायतका ऐतिहासिक क्षेत्रको विकासलाई समेत सँगसँगै अगाडि बढाएको जनाएको छ । यस्तै, विकास कोषका अनुसार कपिलवस्तुस्थित प्राचीन कपिलवस्तु दरबार, हालको तिलौराकोट क्षेत्रमा पुरातात्विक उत्खनन, अन्वेषण गरी थप तथ्य प्राप्त गर्ने प्रयास जारी छ । कपिलवस्तु जिल्लाको ऐतिहासिक एवं पुरातात्विकस्थल राजा शुद्धोधनको प्राचीन दरबारमा पर्यटक एवं तीर्थयात्रीलाई सहजरुपमा पुरातात्विक क्षेत्रको अवलोकनका लागि पैदल मार्ग निर्माण गरिएको छ ।

यता, बुद्ध मावली देवदह भवानीपुरमा बहुउद्देश्य सूचना केन्द्र हल निर्माण कार्य अन्तिम चरणमा रहेको छ । भगवान् बुद्धको अस्तु धातु रहेको नवलपरासी जिल्लाको रामग्राम स्तुप वरिपरि परिक्रमा पथको निर्माण कार्यका लागि सम्झौता सम्पन्न भएको कोषले जनाएको छ ।

गुरुयोजनाका बाँकी काम ः

लुम्बिनी गुरुयोजनाअनुसार सम्पन्न हुन बाँकी रहेका महत्वपूर्ण संरचनामध्ये पानी ट्यांकी तथा पानी पाइप बिछ्याउने कार्य, उथान्त अडिटोरियम हल, दुई तल्ला डोम आकारका थप छ वटा भवन, गुरुयोजनाअनुसारका विद्युतीकरण तथा टेलिकम्युनिकेशनको कार्य, विभिन्न सडक, ढल निकास तथा स्युरेज व्यवस्थापन, पोखरी निर्माण तथा सौन्दर्यकरणका कार्य आगामी दुई वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको विकास कोषका निमित्त सदस्य सचिव तथा योजना प्रमुख इञ्जिनियर सरोज भट्टराई बताउनुहुन्छ ।

नेपाल सरकारले लुम्बिनी गुरुयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखी यथाशक्य छिटो पूरा गर्न प्राथमिकतामा राखेको आजको अवस्था सोही नीति तथा लक्ष्य लिई लुम्बिनी विकास कोष अगाडि बढिरहेको उहाँको भनाइ छ । भट्टराईका अनुसार निर्माण सम्पन्न हुन बाँकी रहेका १७ विभिन्न संरचनाको वर्तमान प्राविधिक लागत अनुमान मूल्यांकन गर्दा करीब रु छ अर्बको आवश्यकता पर्ने देखिन्छ ।

‘कछुवा गति’मा गुरुयोजना ः

लुम्बिनी प्रवेशको मुख्यद्वार सिद्धार्थनगर नगरपालिका हो । लुम्बिनीको विकासमा यस क्षेत्रको मुख्य चासो रहेको हुन्छ । सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने लुम्बिनीको गुरुयोजनाअनुसारको विकासको कामलाई ‘कछुवा गति’ को संज्ञा दिनुहुन्छ ।

लुम्बिनीलाई राजनीतिक नियुक्तिको थलो नबनाई मुख्यरुपमा विकासका विज्ञ व्यक्तिको अधिकार सम्पन्न प्राधिकरणजस्तो निकाय बनाएर जिम्मेवारी दिएमा उपलब्धिपूर्ण काम हुनसक्ने उहाँ बताउनुहन्छ ।

लुम्बिनी विकास कोषमा चुस्त व्यवस्थापनको अभाव, न्यून बजेट मात्र हैन बजेट खर्च हुन नसक्नु, स्थानीयवासीले विकास कोषको नेतृत्वमा अवसर नपाउनु र विकास कोषभित्र स–साना विषयमा विवाद देखिनुजस्ता कारणले पनि गुरुयोजना यति लामो समयसम्म पूरा हुन नसकेको उहाँको ठम्याइ छ ।

लुम्बिनीको विषयमा गहिरो अध्ययन गर्नुभएका संस्कृतिविद् डा गितु गिरी पछिल्लो समयमा भएको विकास सन्तोषजनक भए पनि केही संरचना व्यक्तिगत प्रलोभनमा गुरुयोजना विपरीत निर्माण हुनु गलत भएको बताउनुहुन्छ ।

मायादेवी मन्दिर क्षेत्रको उत्खनन भए पनि पुरानो लुम्बिनी गाउँ क्षेत्रमा उत्खनन गरेर संरक्षण र पर्यटनको आकर्षण बढाउन विश्वव्यापी प्रचारप्रसार हुन नसकेको उहाँ औँल्याउनुहुन्छ ।

नेपाल सरकारले लुम्बिनी गुरुयोजना आफ्नै स्रोतबाट पूरा गर्ने लक्ष्यसमेत लिएकाले पूरा गर्ने समय निर्धारण गरी बजेटको व्यवस्था हुन जरुरी देखिन्छ । त्यसैगरी, लुम्बिनी क्षेत्रमा तीर्थयात्री तथा पर्यटकको संख्या भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि ह्वात्तै बढ्ने सम्भावना रहेको सन्दर्भमा लुम्बिनी गुरुयोजनाको काम यथाशक्य छिटो सम्पन्न गर्नुपर्ने र यसो भएमा यस क्षेत्रको पर्यटन व्यवसायले फड्को मार्ने बुटवलमा लामो समयदेखि होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका पर्यटन उद्यमी माधव नेपाल बनाउनुहुन्छ ।रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result