Friday, July 31, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

वसुधैव कुटुम्बकम र कोरोना

बैशाख १५, २०७७ ५:२७ मा प्रकाशित
Share on FacebookShare on Twitter

प्रा. डा. दुर्गा दाहाल

  वसुधा अथवा धरा अर्थात् पृथ्वी । सारा प्राणीहरूको बासस्थान हो यो । यो पृथ्वी अथवा प्रकृति भगवानले केवल मनुष्यका लागि मात्रै नभएर सबै प्राणीका लागि सन्तुलित र समन्वयात्मक ढङ्गले निर्माण गरेका छन । अत: यो सन्तुलन अथवा समन्वयमा मनुष्य जातिले अतिक्रमण अथवा उत्पीडन गर्यो भने प्राकृतिक प्रकोपहरू देखा पर्छन्  । अहिलेको विश्वव्यापी “ करोना महामारी” पनि प्रकारान्तरले यसैको परिणति हो ।

ईश्वरले हामीलाई उपहार अथवा आशीर्वाद स्वरूप दिएको यो सुन्दर संसारलाई कुत्सित नपारी “ सर्व हिताय; सर्व सुखाय “ को सिद्धान्त अनुरूप अघि बढाएर लैजानु पर्ने थियो । यसको इको- सिष्टमलाई नबिगारी सबैको हितमा लानुको सट्टा विज्ञान र प्रविधिको दुहाई दिएर सामन्जस्य स्थापना गर्न नसकेको परिणाम स्वरूप आजको विषम र अस्वाभाविक परिस्थितिको सामना हामीले गर्नु परिरहेको छ । यो सुन्दर संसारलाई हामीले नैतिक रूपमा मानवीय अनुशासनभित्र रहेर उपयोग र उपभोग गर्नु पर्छ तथा सुन्दर राख्नु पर्छ । अधिकारको कुरा गर्दा हामीले हाम्रो जिम्मेवारीको पनि बोध गर्नु पर्छ ।

यो संसार मूलत: एउटै परिवार हो ।  The world is one unique family. We all are brothers and sisters even though we are in a different geography. यो हाम्रो सनातन धर्मको मूल संस्कार तथा विचारधारा हो ।

“ अयं निज: परो वेति गणना लघुचेतसाम् ।
उदारचरितानां तु वसुधैव कुटुम्बकम !!
( महोपनिषद, अध्याय ४, श्लोक ७१ )

चित्त अनुसार मानिसको धारणा अथवा विचार बन्छ । सानोचित्त भएकाले आफ्नै परिवारलाई पनि छुट्याउने प्रयत्न गर्छ भने उदारचित्त भएकाले संसारलाईनै आफ्नो परिवार ठानी जोड़ने प्रयास गर्छ । अहिलेको नेपालमा चलि आएको फोहोरी राजनीतिलाई यहाँ जोड्न सकिन्छ । ओली सरकारद्वारा जारी अध्यादेशद्वय र त्यसको फिर्ता प्रकरणलाई यहाँ जोड़ेर हेर्न सकिन्छ ।
प्रसिद्ध पुरूषहरूले सांसारिक हित- कल्याण र मानवधर्मका लागि आफ्नो जीवन उत्सर्ग  गर्छन । आजको संसार गहिरो रूपले अन्तरसम्बन्धित र अन्तरजडित छ । एक्लै बाँच्न कठिन छ । कुनै पनि व्यक्ति, समाज, समुदाय अथवा राष्ट्रले एक्लै आफ्नो अस्तित्व जोगाएर हिडन सक्ने परिकल्पना पनि गर्न नसक्ने यो युगमा नेताहरूले पनि खुबै विचार पुर्याएर कदम चाल्नु पर्ने हुन्छ ।

यद्यपि प्रत्येक व्यक्तिको आ- आफ्नो देश हुन्छ; नागरिकता हुन्छ तर नियम र कानूनको अधीनमा रहेर उसले विश्व परिक्रमा गर्न सक्छ । प्रशासकीय दृष्टिकोणले अथवा सुरक्षाको हेतुले हरेकले आफ्नो देशको पासपोर्ट र भ्रमण गर्ने देशको प्रवेशाज्ञा
( visa ) को चाँजोपाँजो मिलाउनु पर्ने हुन्छ तर संसारलाई परिवार सम्झेर कुनै पनि व्यक्तिले कुनै पनि समयमा विश्वभ्रमण गर्न सक्छ । यो विश्वव्यापी नियम हो ।

सर्वप्रथम हामीले मानवीय मूल्य र मान्यतालाई बुझ्ने प्रयत्न गर्नु पर्छ । कुन देशको व्यक्ति हो भन्ने कुरा यहाँ गौण हुन आउँछ । यो पृथ्वी सबैको साझा भएता पनि त्यो व्यक्ति कुन देशमा जन्मिएको हो, त्यस अनुरूप त्यस देशको नागरिकता पाउँछ तर त्योभन्दा माथि उसले मानिस हुनुको प्रमाणपत्र बोकेर आएको हुन्छ ।

माथिको कुराहरूलाई अझ पुष्टि गर्ने हो भने हामीले आफ्नो चित्त, धारणा र विचारलाई फराकिलो बनाउन सक्नु पर्छ । नग्न शरीरमा आएका हामी सबैले नग्न शरीरमै जानु पर्छ ।मृत्यु पछि  केवल रहन्छ हाम्रो सद्नाम वा  दुर्नाम । अतएव, कल्याणकारी भावना लिएर विश्वसमुदायका लागि हामीले हरेक कदमहरू चाल्नु पर्छ । आफ्नो क्षमता र  सामर्थ्य अनुसार सबैभन्दा पहिले परिवार, समाज, समुदाय र राष्ट्रको सेवामा समर्पित भई विश्वसनुदायमा काम गर्न सक्ने हैसियत नेपालीहरूले पनि बनाउन सक्नु पर्छ ।

कोरोनाको यस विश्वव्यापी महामारीमा पनि हामीले यो संसारका सबै मानिसहरू हाम्रै दाजु- भाई र दिदी बहिनी हुन भनेर संझिनु पर्छ । यो केवल एउटा राष्ट्रको मात्रै समस्या हैन । सारा संसार स्तब्ध छ । सबैले मिलेर सामूहिक प्रयास मार्फत यसको निराकरण खोज्नु पर्छ  । हामीले हाम्रो पर्यावरणलाई स्वच्छ राख्नु पर्छ । अखाद्य खानु हुन्न । वैदिक परंपराहरूलाई जोगाएर राख्नु पर्छ । हाम्रो सनातनी संस्कार र संस्कृतिलाई अक्षुण्ण राख्नु पर्छ । पृथ्वीलाई अत्यधिक भार दिनु हुन्न । इको- सिस्टमलाई जोगाएर प्रकृतिको नियम- कानूनलाई उल्लंघन गरिएन भने संसार सुन्दर छ ।

राजनीति, समाजनीति, अर्थनीति, विज्ञान र प्रविधिसंगै प्राकृतिक नियम – कानूनहरूको पालना गर्नु पर्छ नत्र अनर्थ हुन्छ । यिनीहरूको बीचमा समन्वय, सन्तुलन र सामंजस्य हुनु अत्यावश्यक छ ।

( क्यालिफोर्निया निवासी प्रा. डा. दुर्गा दाहाल अंग्रेज़ी विभागका प्राध्यापक तथा दर्शनशास्त्री हुनुहुन्छ )

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !
Slider

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

गगनको नेतृत्व देशको आवश्यकता हो
बिचार / ब्लग

मेरो स्मरणमा पश्चिम युरोपको अध्ययन र अनुसन्धान

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result