Saturday, May 2, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रसिद्ध धार्मिकस्थल रिखार पर्यटकको पर्खाइमा

बैशाख २०, २०७५ १०:४५ मा प्रकाशित
प्रसिद्ध धार्मिकस्थल रिखार पर्यटकको पर्खाइमा
Share on FacebookShare on Twitter

म्याग्दी, २० वैशाख / म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल ‘रिखार क्षेत्र’ प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । संसारको सातौँ अग्लो धौलागिरि हिमालको काखमा रहेको पवित्र धार्मिकस्थल ओझेलमा परेको हो ।

सप्तऋषिले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तीर्थस्थलका रुपमा चिनिँदै आएको रिखारमा जनै पूर्णिमाको दिन विशेष पूजाआजा हुने भएपनि अन्य समयमा भने भक्तजन र पर्यटकको आगमन शून्य हुने गरेको स्थानीयवासी बताउँछन् ।

रिखारको महत्व र यहाँको प्राकृतिक सुन्दरताको बारेमा प्रचारप्रसार हुन नसक्दा उल्लेख्य मात्रामा पर्यटक र भक्तजन भित्रन नसकेको स्थानीय पात्लेखर्क रिखार युवा क्लबका सचिब अंकित पुनले बताउनुभयो । “यहाँ आउने जो कोही पनि मख्ख परेर फर्कने गरेका छन्, तर भौगोलिक रुपमा विकटता रहेकाले यस क्षेत्रको बारेमा प्रचारप्रसार हुन सकेको छैन,” सचिव पुनले भन्नुभयो ।

हिमालको फेदीमा रहेको तलाउमा डुंगा आकारको ढुंगामाथि रहेको रिखार मन्दिरमा पूजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । डुंगा आकारको उक्त ढुंगाको कुवामा कहिल्यै नसुक्ने पानी रहनु थप आकर्षण हो ।

यस क्षेत्रको विकास र संरक्षणसँगै प्रचारप्रसारका लागि पहल गरिरहेको रिखार क्षेत्र संरक्षण समितिका अध्यक्ष चित्रबहादुर छन्त्यालले बताउनुभयो । धौलागिरि बेसक्याम्पसँगै करीब चार हजार ५०० मिटर उचाइमा अवस्थित रिखार भौगोलिक हिसाबले धेरै रमणीय ठाउँको रुपमा चिनिँदै आएको छ ।

धौलागिरि हिमालको आधार शिविर पुग्न नजिकको दूरीमा पर्ने र पवित्र तीर्थस्थल रिखारको दर्शन गर्न सकिने यो क्षेत्रमा झोलुंगे पुल, व्यवस्थित पदमार्ग, खानेपानी, थप धर्मशालालगायतका पूर्वाधार निर्माण गर्न गाउँपालिकाबाट यथेष्ट बजेट विनियोजन गर्न आवश्यक रहेको समितिले जनाएको छ ।

रिखार क्षेत्रको दर्शन तथा पूजापाठ र भ्रमणमा आउने तीर्थयात्रीका लागि पदमार्ग निर्माण, प्रचारप्रसारमा मालिका गाउँपालिकाको हिदीका ६५ वर्षीय बाबा गमबहादुर शेरपुञ्जाले सप्तऋषिको मूर्ति प्रतिस्थापन र पदमार्ग, खानेपानीलगायतको पूर्वाधार निर्माणमा सहयोग गर्नुभएको छ । यस क्षेत्रमा सप्तऋषि एवं पौलत्स्य ऋषि र स्वर्गद्वारी महाप्रभुले समेत तपस्या गरी ज्ञानआर्जन गरेको धार्मिक विश्वास रहेको छ ।

माघ फागुनमा पर्ने हिउँ र चैत वैशाखमा फुल्ने लालीगुराँस, चाँपलगायतको सुन्दरताले मोहित पार्ने यस क्षेत्रमा जाने पर्यटक एवं तीर्थयात्री बेनी हुँदै ग्नामसम्म सवारी यात्रामार्फत र त्यहाँदेखि दरमिजा, चिमखोला, नक्कलडाँडा, खरिबोट, घ्यासीखर्क, दुवाडी हुँदै पात्लेखर्कमा पुगेर बास बस्न सक्छन् भने त्यहाँदेखि एक बिहानको यात्रामा रिखार मन्दिर र एक दिनको यात्रामा धौलागिरि आधार शिविर पुग्न सक्छन् ।

मनोरम हिमशृंखलाको अवलोकन गर्न सकिने यो क्षेत्रमा पाइने दर्जनौँ प्रकारका जडीबुटी र डाँफे, मृग, कस्तुरी, नाउर, झारललगायतका जंगली जनावरलाई नजिकबाट अवलोकन गर्न पाउनु यहाँको थप विशेषता हो । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result