Monday, December 11, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

घाँस न पात तर गाईबाट मासिक एक लाख

बैशाख २३, २०७५ २:१५ मा प्रकाशित
घाँस न पात तर गाईबाट मासिक एक लाख
Share on FacebookShare on Twitter

पोखरा, २३ वैशाख / झट्ट सुन्दा जो कोहीलाई पनि अचम्म लाग्छ की घाँस, कुडोलागयत केही पनि खुवाउन नपर्ने र भकारो समेत सोर्न नपर्ने गाईबाट मासिक रु एक लाख आम्दानी हुने गरेको छ ।

यहाँको मुख्य पर्यटकीय क्षेत्र छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्रको कामधेनु गाईगोठमा रहेको यन्त्रजडित गाईबाट मासिक रु एक लाख आम्दानी हुँदै आएको छ । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व बोकेको गुप्तेश्वर गुफामा राखिएको यान्त्रिक गाई गुफाको निरन्तर राम्रो आम्दानीको स्रोत बन्दै आएको हो ।

गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलका अनुसार कामधेनु गाईगोठमा अवस्थित यन्त्र जडित गाईको नजिकै रहेको सानो प्वालमा गुच्चा राखेपछि चारवटै थुनबाट दूध आउने र सो दूध सिधैँ शिवलिङ्गमा चढाउने व्यवस्था गरिएका कारण गाई गुफाको थप आम्दानीको स्रोत बनेको हो ।

गुफाको प्रदेशद्वारमै रहेको कामधेनु गाई गोठमा रहेको प्वालमा गुच्चा राख्न चाहने प्रत्येक दर्शकले प्रति गुच्चा रु १० मा खरिद गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । विसं २०६४ मा रु एक लाख ५७ हजार १९८ खर्चेर निर्माण गरिएको सो गाईले १० वर्षको अवधिमा रु ६१ लाख ९४ हजार ९१०आम्दानी गरेको उहाँ बताउनुहुन्छ ।्

दश वर्षको अवधिमा लगभग रु छ लाख १९ हजार ४९१ जनाले टिकट काटेर गाईको दर्शन र प्रविधिको अध्ययन अवलोकन गर्ने क्रमसँगै उक्त यान्त्रिक गाई गुफाको आम्दानीको स्रोत बनेको हो ।

स्थापनाको पहिलो वर्षमै रु एक लाख ७५ हजार ९९०, दोस्रो वर्षमा रु दुई लाख २१ हजार ४१०, तेस्रो वर्षमा रु दुई लाख ७१ हजार ११०, चांैथो वर्षमा रु चार लाख ९१ हजार ४८०, पाँचांै वर्षमा रु पाँच लाख ५९ हजार २०० , छैटौं वर्षमा रु छ लाख ३८ हाजर २२०, सातांै वर्षमा रु सात लाख ४२ हजार ९३०, आठांै वर्षमा रु सात लाख २३ हजार २५०, नवौं वर्षमा रु पाँच लाख १८ हजार १०० र यसवर्ष रु ११ लाख ६९ हजार ४९० आम्दानी भएको छ ।

गुफा अवलोकनका लागि व्यवस्था गरिएका विभिन्न पाँच प्रकारका टिकट काटेर गुफामा प्रवेश गर्दा आर्थिक वर्ष २०७३÷७४ मा कूल दुई रु करोड २० लाख ९९ हजार १३५ आम्दानी भएको गुफा व्यवस्थापन समितिका कोषाध्यक्ष ऋषिराम बरालको भनाइ छ । कामधेनु गाईको लागि भने भित्र प्रवेश गरेपछि छुट्टै टिकटको व्यवस्था गरिएको छ ।

उहाँका अनुसार टिकट बिक्री एवं यान्त्रिक गाईका अलावा गुफाले दानपात्रबाट रु १२ लाख ११ हजार ९८७, सहयोग रसिदबाट रु ४९ हजार ६०९, सदस्यता रसिदबाट रु २८ हजार, विविध आम्दानी रु ३१ हजार ७०, बैंक ब्याजबाट रु १० लाख ३६ हजार २१४ गरी कूल दुई करोड ५६ लाख २५ हजार ४९६ आम्दानी गरेको छ ।

गुफामा स्वदेशी तथा विदेशी पर्यटकका साथै विद्यार्थीको आकर्षण दिन प्रतिदिन बढ्दै गएको भए पनि विशेष गरेर धार्मिक परम्परा अनुसारका साउन महिनाको सोमबार, शिवरात्रि, मङ्गलचौंथी, हरिबोधनी एकादशी, ऋषि तर्पणी, ऋषि पञ्चमी, बालाचतुर्दशी लगायतका विभिन्न पर्वमा दर्शनार्थीको घुइँचो लाग्ने हुँदा गाईको समेत आम्दानी बढी हुने गरेको गुफा व्यवस्थापन समितिका सचिव देवीबहादुर थापा जानकारी दिनुहुन्छ ।

“परिसरको प्राकृतिक स्वरुप र सौन्दर्यलाई कायम राख्दै गुफाको प्रवेशद्वार बाहिरको भागमा निर्माण गरिएका सिँढी र विभिन्न देवदेवताका मूर्तिले गुफाको आकर्षण बढाएको छ,” – उहाँ भन्नुहुन्छ ।

गुफाको मन्दिरदेखि पातले छाँगोको दृश्यावलोकन गर्ने स्थानसम्म लगभग ६५ मिटर टनेल रु एक करोड सात लाखको लागतमा निर्माण अन्तिम चरणमा पुगेको छ । गुफामाथि बढ्दो सवारी साधन र भौतिक संरचनाका कारण सम्भावित जोखिमी रोक्न टनेल निर्माण गरिएको हो ।टनेल निर्माणसँगै गुफाको संरक्षण र दर्शनार्थी सुरक्षित हुने विश्वास लिइएको छ ।

गुप्तेश्वर गुफा मन्दिरसम्म जान सर्वसाधारणलाई रु ३५ र विद्यार्थीलाई रु २५ तथा विदेशीका लागि रु ५० निर्धारण गरिएको छ । त्यस्तै मन्दिरबाट अझभित्र टनेल हुँदै पातले छाँगो दृश्यावलोकन गर्नका लागि विदेशीलाई रु १०० र नेपालीलाई रु ५० तथा विद्यार्थीलाई रु ३५ को टिकट दस्तुर तोकिएको गुप्तेश्वर गुफा व्यवस्थापन कार्यालय प्रमुख नारायण पौडेल बताउनुहुन्छ ।

उहाँका अनुसार गुफाको आम्दानीबाट गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस समेत सञ्चालन गरिएकोछ । जुन क्याम्पसमा अध्ययनरत छात्रको तुलनामा छात्राको संख्या निकै बढी छ । रासस

सम्बन्धित समाचार

नेपाली युवा बैज्ञानिक घिमिरे बने प्रतिष्ठित ‘अप्टिका फेलो’
प्रवास

नेपाली युवा बैज्ञानिक घिमिरे बने प्रतिष्ठित ‘अप्टिका फेलो’

सोमवार ‘रजतपट अंकलसंग मिट एण्ड ग्रीट’ स्यानहोजेमा
अमेरिका समाचार

सोमवार ‘रजतपट अंकलसंग मिट एण्ड ग्रीट’ स्यानहोजेमा

आइतवार अभिनेता शिव श्रेष्ठ र सुनील थापासंग भेटघाट कार्यक्रम
अमेरिका समाचार

आइतवार अभिनेता शिव श्रेष्ठ र सुनील थापासंग भेटघाट कार्यक्रम

नेपाली कथानक चलचित्र “द सेक्रेट अफ राधा” फ्रिमण्ट र कंकर्डमा प्रदर्शन हुदै
Breaking News

नेपाली कथानक चलचित्र “द सेक्रेट अफ राधा” फ्रिमण्ट र कंकर्डमा प्रदर्शन हुदै

जव बोइंगको मूख्यालयमा नेपाली झण्डा फहरायो…….!
Slider

जव बोइंगको मूख्यालयमा नेपाली झण्डा फहरायो…….!

मे ५ मा प्रकाश सपुत साँझ
अमेरिका समाचार

मे ५ मा प्रकाश सपुत साँझ

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result