Saturday, May 2, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मगर समुदायले घाटु नाच मनाए

बैशाख २४, २०७५ ३:१२ मा प्रकाशित
मगर समुदायले घाटु नाच मनाए
Share on FacebookShare on Twitter

नुवाकोट, २४ वैशाख / मगर समुदायको ऐतिहासिक तथा लोपोन्मुख घाटु नाच नुवाकोटको लिखु गाउँपालिका–१ स्थित खानीगाउँमा यो वर्ष पहिलोपटक पर्वको रुपमा मनाइएको छ ।

वैशाख पूर्णिमाको शुरुवाती समयदेखि शुरु भएर पञ्चमीसम्म चल्ने घाटु पर्वको अवसरमा खानीगाउँको किटिनीखानीमा गत सोमबारदेखि शुरु भएको नाच गएरातिदेखि आज बिहानसम्म चण्डीमाई मन्दिरमा पूजा गरेर समापन भएको छ ।

परापूर्व समयमा गाउँमा विपत्ती तथा रोगको महामारी फैलिएपछि त्यसलाई हटाउन भगवान एवं देवीदेवता गुहारेर शुरु भएको घाटु नाच मगर जातिमा प्रचलित र महत्वपूर्ण पर्वको रुपमा मनाइने मगर समुदायका अगुवा गुणबहादुर थापामगरले जानकारी दिनुभयो ।

सोह्रौँ शताब्दीमा एक दम्पत्ति राजारानीको प्रेम र विवाह, गृहस्थी, राजकाज, जंगल प्रस्थान, शिकारलगायतका घटनामा आधारित भएर घाटु नाचिने गरिन्छ । घाटुको गीतमा परशुराम राजा र चम्पावती रानीको कथावस्तु समावेश गरी यथार्थता आधारित बनाएर साताव्यापी रुपमा मनाइने गरिन्छ ।

घाटु नाच्न घाटुकी कन्या कथाको विषयवस्तु अनुसार आवश्यक संख्यामा छानिने, कन्याबाहेक अरुले नाच्न नहुने उनीहरुलाई घाँटु नाच्नु अघि अक्षताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गंगाचुली आदिको पूजा गरी आँखा बन्द गराएर मात्र नाच्न योग्य बनाइने गरिन्छ ।

मातातीर्थ औँसीदेखि अभ्यास शुरु हुने र वैशाख पूर्णिमाको अवसरमा चण्डीमाई मन्दिरमा पूजा गरी पर्व उत्कर्षमा पु¥याइन्छ ।

घाटु जात्रा सञ्चालन गर्न चण्डेश्वरी संरक्षण समाज नामक संस्था यो वर्ष स्थापना गरी घर बाहिर रहेका गाउँका सबै बासिन्दा एकै स्थानमा भेला भएर पर्व मनाइएको अध्यक्ष पूर्णबहादुर थापामगरले जानकारी दिनुभयो ।

घाटु नाच गुरुङ र मगर समुदायको साझा पर्वको रुपमा मनाइने गरिए पनि नुवाकोटमा भने यही एक स्थानमा मात्रै नाच्ने गरिन्छ । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result