काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारको विकल्पमा नजाने स्पष्ट पारेको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले अहिले विकसित राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको जानकारी प्रचार विभाग प्रमुख एवम् उपमहासचिव जगन्नाथ खतिवडाले दिए ।
‘अहिले विकसित भएका राजनीतिक घटनाक्रमहरूलाई पार्टीले गहिरोपूर्वक अध्यन तथा विश्लेषण गरिरहेको छ । धेरै जिम्मेवारीपूर्वक आफ्ना कदम बढाउने निर्णय गरेका छौँ’, उनले भने,‘आज हामी सरकारमा छौँ, भोलि पनि सरकारमा हाम्रो निरन्तरता रहिरहने छ ।’
उनले बाहिर चर्चा गरे जस्तो यो सरकारको विकल्प नखोजिएको पनि जवाफ दिए ।
‘
प्रतिक्रिया लेख्नुहोस्:-