काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गुटबन्दी आफ्नो पार्टीलाई कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् ।
पूर्व प्रधानमन्त्री ओलीले बुधबार नेकपा एमाले कपिलवस्तुको १० औँ अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘पार्टीभित्र गुट बनाउने छुट कसैलाई छैन, यसले कसैलाई फाइदा हुँदैन, पार्टीलाई फाटो ल्याउँछ, एमालेलाई गुटबन्दी स्वीकार्य छैन, योबारे सबै नेता कार्यकर्ता स्पष्ट हुनुपर्छ, अब गुटबन्दीविरुद्ध सबै नेता कार्यकर्ता लागौँ । गुटबन्दी मुर्दावाद भनौँ’ ओलीले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-