Saturday, May 2, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

रातो मत्स्येन्द्रनाथको रथ आज जाउलाखेल लगिँदै

बैशाख २७, २०७५ १:२० मा प्रकाशित
रातो मत्स्येन्द्रनाथको रथ आज जाउलाखेल लगिँदै
Share on FacebookShare on Twitter

ललितपुर, २७ वैशाख ९ / लगनखेलको थटिटोलमा रहेको रातो मत्स्येन्द्रनाथको रथलाई आज जाउलाखेल लगिँदैछ ।

रथलाई आजै जाउलाखेल पु¥याएपछि चौथो दिन ९आइतबार० भोटो जात्रा हुने ज्योतिषहरूको भनाइ छ ।

मत्स्येन्द्रनाथ जाउलाखेल पुगेपछि मात्रै भोटो जात्रा हुने दिनको टुङ्गो लाग्ने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “केही समस्या आइपरेन र रथ आजै पु¥याउन सकियो भने भोटो जात्रा आइतबार हुनेछ ।” रथ पुगेको दिनका हिसाबले चौथो दिनमा भोटो देखाइने परम्परा छ ।

यस वर्ष अघिल्ला वर्षहरुभन्दा पहिले नै रथलाई जाउलाखेल लग्न लागिएको, सबै कुरा राम्रो भएको र साइत चाँडो निस्केकाले वैशाख महिनामा नै भोटो जात्रा हुन लागेको हो । उहाँ भन्नुहुन्छ, “कुनै–कुनै वर्षमा लामो समयसम्म साइत आउँदैनथ्यो यो वर्ष चाँडो निस्कियो ।

कारणबस रथ आज साँझ पुगेन भने जुन दिन पुग्छ त्यसको चौथो दिन भोटो जात्रा हुनेछ । विगतका कतिपय वर्षमा रथ ढल्कँदा जाउलाखेल नपुगी बीचमा रोकिएको थियो । उहाँ भन्नुहुन्छ, “हुन त नगरको भित्री भागमा भन्दा बाटो ठूलो छ तैपनि जाउलाखेल नपुगी भन्न सकिँदैन ।”

आगामी जेठ २ गतेबाट महिनाभर मलमास छ । मलमास अवधिभर रथ तान्नु शुभ मानिँदैन ।

मत्स्येन्द्रनाथको पुल्चोकबाट गाबहाल–मंगलबजार हुँदै लगनखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भनिन्छ । त्यस्तै, थटिटोलबाट जाउलाखेलसम्मको यात्रालाई सप्तग्राम जात्रा पनि भनिन्छ । यसलाई सात गाउँको जात्रासमेत भनिन्छ । उहाँ भन्नुहुन्छ, “यसलाई नगरभन्दा बाहिरी भेगका बासिन्दाको जात्रा पनि मानिन्छ ।” पहिले थानकोट, कीर्तिपुरलगायतका स्थानका बासिन्दा रथ तान्न आउने गर्थे ।

मत्स्येन्द्रनाथको जात्राका बेला भोटो प्रदर्शन गरिने परम्परा छ । सरकारले भोटो जात्राका दिनमा सार्वजनिक बिदासमेत दिँदै आएको छ । कथनअनुसार नागराजा कर्कोटककी श्रीमतीलाई आँखाको रोग लागेपछि उपचारका लागि नागले एक किसानलाई बोलाए । नागले जसरी भए पनि आफ्नी श्रीमतीको रोग निको पार्नै पर्ने नपारे अनिष्ट हुने बताएपछि वैद्य सङ्कटमा परे ।

किसानले नागकी श्रीमतीको रोग नै पत्ता लगाउन नसकेपछि हात माड्दै बसिरहे । हात माडेका हुनाले यसबाट मयल निस्कियो । उनले त्यही मयललाई औषधि भनेर नागलाई दिए । त्यो औषधिको प्रयोगपछि नागकी श्रीमतीको रोग निको भयो ।

रोग निको पारिदिएपछि नागराजाले खुशी हुँदै आफूले लगाइराखेको रत्नजडित भोटो किसानलाई दिए । किसानले सधैँ नै त्यो भोटो लगाएर हिँड्थे । एक दिन किसानले खेतमा भोटो फुकालेर काम गर्दा एउटा भूतले भोटो चोरेर लगेछ । केही समयपछि भएको एक जात्रामा भूत र किसान पनि आएका रहेछन् ।

जात्रामा भूतले त्योे भोटो लगाएर आएको थियो । भोटो देखेपछि किसान र भूतबीच भोटोको स्वामित्वबारे भएको विवादले झगडाको रुप लियो । केही गरी पनि झगडा साम्य नभएपछि निर्णयका लागि उनीहरु मत्स्येन्द्रनाथकहाँ पुगे । मत्स्येन्द्रनाथले जसले प्रमाण ल्याउनसक्छ उसैलाई दिने भत्रे निर्णय गरे । तर दुवैले प्रमाण जुटाउन नसकेपछि भोटो मत्स्येन्द्रनाथले नै राखे । उहाँ भन्नुहुन्छ, “त्यसैबेला देखि प्रत्येक वर्ष यो कसको भोटो हो रु प्रमाण सहित उपस्थित होउन भन्ने उद्देश्यले चारैतर्फ भोटो देखाउने चलन चल्दै आएको हो ।”

मत्स्येन्द्रनाथको महास्नानबाट शुरु हुने जात्रा भोटो देखाएसँगै टुङ्गिन्छ । मत्स्येन्द्रनाथलाई महिला र पुरुष दुवै रुपमा मानिने भएकाले हिन्दू धार्मिक परम्पराअनुसार ब्राह्मणबाट महिला र पुरुषलाई गरिने दशकर्म गरिन्छ । बौद्ध धर्मअनुसारका सबै कर्म बज्राचार्यले गर्छन् । विधिवत् रुपमा दश कर्म सकिएपछि मात्रै रथारोहण गराई रथयात्रा शुरु हुन्छ ।

पुल्चोकबाट गाबहाल, गाबहालबाट मंगलबजार, मंगलबजारबाट लगनखेलसम्म त्रिलोक भ्रमण सकिएपछि रातो मत्स्येन्द्रनाथको जाउलाखेल भ्रमण हुने गरेको छ । यसलाई दक्षिणागमनसमेत भनिन्छ । जोशी भन्नुहुन्छ, “मत्स्येन्द्रनाथ दक्षिणायन हुँदा बुंगमती र उत्तराणायन हुँदा पाटन बस्नुहुन्छ ।”

जाउलाखेल पुगेको चौथो दिन पनि भोटो जात्रा देखाइन्छ । त्यही साँझमा खटमा राखेर मत्स्येन्द्रनाथलाई बुुङ्मती नै फर्काइन्छ । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result