Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जनताको रकम सुरक्षाका लागि राष्ट्र बैंक प्रतिबद्ध

बैशाख ३०, २०७५ १:५४ मा प्रकाशित
जनताको रकम सुरक्षाका लागि राष्ट्र बैंक प्रतिबद्ध
Share on FacebookShare on Twitter

काठमाडौँ, ३० वैशाख९ / नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रमा रहेको जनताको रकम सुरक्षाका लागि राष्ट्र बैंक प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मेगा बैंक र टुरिजम डेपलपमेन्ट बैंक एक आपसमा गाभिएपछि एकीकृत कारोबार सञ्चालनको आज यहाँ शुभारम्भ गर्दै उहाँले भन्नुभयो, “बैंकमा प्रवद्र्धकको रकम १० प्रतिशत र जनताको रकम ९० प्रतिशत हुने भएकाले जनताको रकम सुरक्षित हुनुपर्छ ।”

बैंकिङ क्षेत्र अन्य क्षेत्रजस्तो मलग्ने प्रतिफल दिने संस्था होइन भनेर आफूले निरन्तर सचेत गराए पनि केही बैंक तथा वित्तीय संस्थाले नसुनेकामा उहाँले असन्तुष्टी व्यक्त गर्नुभयो ।

प्रवद्र्धकले बैंक व्यवस्थापनलाई दबाब दिएर जनताको पैसालाई गलत तरिकाले उपयोग गर्न नुहुनेमा जोड दिंदै गर्भनर डा नेपालले भन्नुभयो, “जनताको पैसा नडुबोस् भन्ने सोच्नु नियामक निकायको मूल दायित्व हो, हामी जनताको पैसा तलमाथि हुन दिन्नौं ।”

आर्थिक विकासका लागि अत्यन्त राम्रो अवसर रहेको चर्चा गर्दै उहाँले राजनीतिक स्थायित्वले नीतिगत स्थायित्व ल्याउने र त्यसले मुलुकलाई समृद्धिको बाटोमा लैजाने बताउनुभयो ।

आयात कम गर्ने र निर्यातलाई बढवा दिने क्षेत्रमा बैंकले लगानी बढाउनुपर्नेमा जोड दिँदै गभर्नर नेपालले बैंकिङ क्षेत्र नपुगेको ठाउँमा गएर लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

साविकको टुरिजम डेभलपमेन्ट बैंकका सञ्चालक समितिका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले सञ्चालक समितिको स्वार्थमा ऋण प्रवाह गर्दा बैकिङ क्षेत्रमा समस्या आउने गरेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले दुई बैंक एकीकृत भई कारोबार भएकोप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा देशको आर्थिक समृद्धिमा सहयोग पु¥याउने गरी बैंकलाई अगाडि बढाउने बताउनुभयो ।

मेगा बैंकको चुक्ता पूँजी रु ९ अर्ब २९ करोड पुगेको छ भने निक्षेप रु ९६ अर्ब ५५ करोड पुगेको छ भने देशको सात वटै प्रदेशमा फैलिएका ९१ शाखाबाट पाँच लाख लगानी ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा दिनुका साथै रु ५५ करोड ७० लाख लगानी गरेको जनाइएको छ ।रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result