नेपालमा चितवन घर भएका अमृत कट्टेल विद्यालय/ कलेज जीवन देखि नै सक्रिय राजनीति मार्फत सामाजिक काममा लागेका व्यक्ति हुन्। १८ बर्षको उमेर मै बेलायत हानिएका कट्टेलले २००९ को अन्त्यतिर अमेरिका आउनु अघि केही बर्ष जापानमा रेष्टुरेण्ट व्यवसाय समेत गरेका थिए। २०१० देखि ओक्लोहमामा हस्पिट्यालिटी व्यवसाय संगै ग्यास तथा जनरल रिटेल व्यवसायीका रुपमा आफूलाई स्थापित गरेका छन्। टेक्ससमा समेत व्यवसाय बिस्तार गरिसकेका कट्टेलले व्यवसायसंगै नेपाली समुदायका लागि आवश्यक पर्दा सहयोग गर्न जहिल्यै अग्रसर सहयोगी नेपालीको परिचय समेत बनाएका छन्।
हाल एनआरएनए अमेरिकाको बोर्ड अफ डिरेक्टर रहेका कट्टेलको ओक्लोहमास्थित बाघ संरक्षित नीजि चिडियाघरका संचालक जेफ निगनसंग निकै नजीकको सम्वन्ध रहेको छ। ओक्लोहमा जाने प्राय नेपालीहरुलाई जेफले निकै मिहेनतका साथ संरक्षण गरेर राखेको धेरै प्रजातिका १६२ वटा बाघ रहेको चिडियाघर भ्रमणमा जान उत्प्रेरित गर्ने गर्दछन्। बाघ चिडिया घरसंग नजिकको सम्वन्ध रहेका कट्टेललाई नजिककाहरुले “बाघे” कट्टेलको उपनाम समेत दिएका रहेछन्।
जारी एनआरएनए अमेरिकाको चुनावमा सचिवको उम्मेदवार रहेका कट्टेल आफूले चुनाव जिते बिजयी अध्यक्ष तथा महासचिवको योजना अनुरूप ‘हाम्रो र राम्रो’एनआरएनए बनाउन प्रतिबद्ध छन्। हाम्रै सक्रियता र सही छनौटले मात्र राम्रो एनआरएनए बनाउन सकिन्छ भन्ने विश्वास भएका कट्टेल एनआरएन अभियानलाई पनि नेपाली समुदायप्रति समर्पित सामाजिक सेवाका रुपमा लिन्छन्।
प्रतिक्रिया लेख्नुहोस्:-