लेखिका दीक्षा बस्नेत एन आर एनएको चुनावी दौडमा
अमेरिका ।
मेरो प्यारो ओखलढुङ्गाकी दीक्षा बस्नेत अहिले अमेरिका आएर पनि सामाजिक गतिविधिमा सक्रिय छन् । रत्न राज्य क्याम्पसबाट पत्रकारिता र समाजशात्रमा स्नाकोत्तर सकिए लगत्तै विगत ६ वर्षदेखि अमेरिकाको क्यालिफोर्नियामा बस्दै छन् । नेपालीहरूको हकहित र सस्ताप्रतिको दायित्व निर्वाह गर्न सक्छु भन्ने दृढ आत्मविश्वास देखिन्छ उनमा । एक सशक्त महिला दीक्षा बस्नेत एन आर एन अमेरिकाको चुनावी मैदानमा महिला संयोजक पदमा उमेदवारको रूपमा देखिएकी छन् ।
सञ्चारकर्मी दीक्षा बस्नेत एक सशक्त लेखिका हुन् । नेपाल अमेरिका पत्रकारसंघ नेजामा साधारण सदस्य पनि छन् । परदेशमा बसेर मुलुकको राजनीति परिवेश, आर्थिक अवस्था जस्ता समसामयिक सबै कुराको अध्ययन गरिरहेकी बस्नेत अबको एन आर एनआरएनए नेतृत्वमा महिलाको भूमिका र सहभागिता कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुने बताउँछिन् ।
सन् २०१५ देखि नै एन आर एनए अभियन्ताको रूपमा परिचय बनाएकी दीक्षा बस्नेत हाल क्यालिफोर्निया च्याप्टरमा रहेर काम गरेको ताजा अनुभवलाई जोड्न आफ्ना उमेद्द्वारी रहेको उनको भनाइ छ । गैर आवासीय नेपालीको हकहित र सस्थाप्रतीको दियीत्व निर्वाह गर्न आफू इच्छुक रहेकाले चुनावी मैदानमा उत्रिएको उनले बताइन् ।
प्रतिक्रिया लेख्नुहोस्:-