क्यालिफोर्निया
क्यालिफोर्नियाको रिचमण्ड रहेको मुक्तिनाथ धामलाई नेवाः अर्गनाइजेशन नर्दन क्यालिफोर्निया च्याप्टरले भगवान बुद्धको मुर्ति उपहार दिएको छ । मुक्तिनाथ धाममा आइतवार आयोजित एक समारोहमा नेवा: अर्गनाइजेशनको तर्फवाट क्यालिफोर्निया च्याप्टरका अध्यक्ष मदन महर्जनले मुक्तिनाथ धामका अध्यक्ष अनिल पाण्डेलाई सो मुर्ति हस्तातरण गरेका थिए ।मुक्तिनाथ धामले भगवान बुदको उक्त प्रतिमाको मन्दिर परिसरमा आइतवार नै पदस्थापन समेत गरेको छ जनाएको छ ।
मुक्तिनाथ धामका अध्यक्ष अनिल पाण्डेले नेवा अर्गनाइजेशन नर्दन क्यालिफोर्निया च्याण्टरप्रति आभार व्यक्त गर्दै मुक्तिनाथ धाम सबै नेपालीको साझा र पवित्र धार्मिकस्थल भएकोले हिन्दु एवं बौद्ध धर्मावलम्बीहरुले जुनसुकै उपहार पनि अर्पण गर्न सक्ने बताए । उनले मानवजीवनको मुख्य धेय नै सामाजिक कार्य भएकोले सबैको सहयोग र सेवावाट मन्दिर स्थापना भएकोले सबैले अपनत्व लिनपर्ने बताए ।
कार्यक्रममा मुक्तिनाथ धामका वरिष्ठ उपाध्यक्ष पशुपति कँडेल, उपाध्यक्ष दिक्पाल केसीले भगवान बुद्धको मुर्त्ति उपहार दिएकोमा नेवाः अर्गनाइजेशनप्रति आभार प्रकट गरेका थिए । नेवा अर्गनाइजेशन क्यालिफोर्निया च्याण्टरका अध्यक्ष मदन महर्जनले मुक्तिनाथ धाममा भगवान बुदको प्रतिमा स्थापना गर्न पाएकोमा खुशी व्यक्त ब्यक्त गर्दै आफूहरू निकै खुशी भएको बताए । सो मूर्ति हस्तारतरणको संयोजन गरेकी समाजसेवी गीता डंगोलले मुक्तिनाथ धाममा भगवान बुद्धको मूर्ति स्थापना हुनुले सबैलाई खुशी बनाएको बताइन् । मुक्तिनाथ धामना हरेक आइतवार हुने नियमित भजनकीर्तनमा पनि उल्लेख्य भक्तजनको सहभागीता रहेको अध्यक्ष पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-