Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पर्यटकलाई लोभ्याउँदै जलविरे झरना

जेष्ठ १०, २०७५ ११:४० मा प्रकाशित
पर्यटकलाई लोभ्याउँदै जलविरे झरना
Share on FacebookShare on Twitter

रत्ननगर, चितवन, १० जेठ / भिर, पहरा, छाँगा र छहराको संयोग, प्राकृतिक छटाले भरिपूर्ण जलविरे झरना (लामो झरना) चितवनकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो । तस्वीर देख्नेबित्तिकै लोभिने पर्यटक, यहाँ पुग्दा छुट्टै आनन्द महसुस गर्छन् ।

पूर्वाधारबिनै पर्यटकको चहलपहल बढेको जलविरे झरना आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो केही वर्षको प्रयासमा शौचालय, चेन्जिङ रुम, पौडी पोखरी, पार्क र सिँढी निर्माणले आकर्षण थपे पनि अझै पूर्वाधार निर्माण र उचित प्रचार हुन सकिरहेको छैन ।

पर्यटक यहाँ स्वतःस्फूर्त रुपमा आउँछन् । भारतबाट समेत आनन्द लिन यहाँ पर्यटक आउने गरेका छन् । झरना घुम्दै गरेका भारत रक्सौलका अमर सिंह भन्नुहुन्छ, “झरनामा आइपुग्दा छुट्टै आनन्द लाग्छ ।” महिनामा एकपटक उहाँको समूह झरनाको प्राकृतिक आनन्द लिन आउने गरेको छ । उहाँसँगै विहार मोतिहारीका रमेश शाह, बृज शाह र रवि शाह पनि लामो झरना घुमेर रमाउनुभयो ।

जुनसुकै समयमा पुग्ने पर्यटक सो झरना हेरेपछि मन्त्रमुग्ध हुन्छन् । सुन्दर प्राकृतिक मनोरम दृष्य तथा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकलाई लोभ्याइदिन्छ ।

नारायणगढको चर्काे गर्मी, कोलाहल, तनाव र थकान मेट्नका लागि यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्छ । चितवन पर्यटन विकास समितिका महासचिव एवं पर्यटन विज्ञ विश्वराज सुवेदी प्राकृतिक दृष्यावलोकनका लागि सुन्दर क्षेत्र भएको विश्लेषण गर्नुहुन्छ ।

झरनामाथि रहेको गाउँ याकराङमा होमस्टे (घरबास) निर्माण गरी गुरुङ संस्कृतिको विकास गर्न जरुरी देख्नुहुन्छ सुवेदी । माथिदेखि नागबेली परेको त्रिशूली र नारायणगढ–मुग्लिन सडकका नागबेली दृष्य सुन्दर लाग्छ । पहाडको टुप्पोबाट देखिने सलाइका बट्टाजस्ता गाडीका लस्करले आकर्षण थप्छ ।

चितवनका पहिचान भएका ४० उत्कृष्ट पर्यटकीय आकर्षकमध्ये जलविरे झरना उत्कृष्ट गन्तव्यमा पर्छ । इच्छाकामना गाउँपालिका– ६ जलविरेमा रहेको उक्त झरना ६० मिटरभन्दा बढी लामो छ ।

नारायणगढ–मुग्लिन सडकको जलविरे मन्दिरबाट झण्डै आधा घण्टा पैदल हिँडेर झरना पुग्न सकिन्छ । पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङ पूर्वाधार थपिएकाले पछिल्लो समय झरना र आसपासका क्षेत्र व्यवस्थित बन्दै गएका बताउनुहुन्छ ।

अहिले सो झरना अवलोकनका लागि दैनिक कम्तीमा १०० जना पर्यटक पुग्छन् । अधिकतम दिनमा एक हजार २०० सम्म पर्यटक पुगेको तथ्यांक समितिसँग छ । झरना नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलविरेमा पर्छ । नारायणगढबाट २९ किलोमिटर मुग्लिनतर्फ रहेको उक्त क्षेत्र काठमाडौँ, पोखरा र सौराहा आउने पर्यटकका लागि बसाइँ लम्ब्याउने गन्तव्य हो ।

क्यानोनिङ (छाँगावरोहण) र क्लाइम्बिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न काठमाडौँ र युरोपबाट समेत पर्यटक आउने गरेका समितिका अध्यक्ष गुरुङले बताउनुभयो । पर्यटकले पूर्वाधार निर्माण हुनुअघि नै क्यानोनिङ गर्र्थे । क्यानोनिङ एशोसिएसनले नै यहाँ पर्यटक ल्याउने गरेको छ ।

यहाँ प्रवेश गर्न पर्यटकलाई रु ५० शुल्क लाग्छ । प्राकृतिक सुन्दरता र चिसो एवं शान्त वातावरणका कारण यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्छ । विसं २०६९ देखि पर्यटन विकास शुरु भएको यहाँ पछिल्ला केही वर्षदेखि पर्यटकीय गन्तव्य बनाउन भन्दै विभिन्न कार्यक्रम हुँदै आएको छ । यसपटक मात्रै इच्छाकामना गाउँपालिकाले सिँढी र पार्क बनाउन रु आठ लाख विनियोजन गरेको गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले बताउनुभयो ।

यहाँ पर्याप्त पर्यटकीय पूर्वाधार निर्माण हुन सकिरहेको छैन । तैपनि पर्यटक आउने क्रम बढ्दो छ । शनिबार र बिदाको दिनमा समूह समूहमा सयौँ पर्यटक यहाँ आउने गरेका छन् । आकर्षक पुलको व्यवस्था गरेर होमस्टे, वनभोज स्थल, भ्यू टावर र बाटो व्यवस्थित गर्नु जरुरी छ । चितवन पर्यटक विकास समितिका अध्यक्ष दिलीप मैनाली पर्यटन पूर्वाधार बनाउन अति जरुरी रहेको बताउनुहुन्छ । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result