Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ओझेलमा परेको मच्छेनारायणमा भक्तजनको भीड

जेष्ठ २०, २०७५ ३:२० मा प्रकाशित
ओझेलमा परेको मच्छेनारायणमा भक्तजनको भीड
Share on FacebookShare on Twitter

काठमाडौँ, २० जेठ / ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण भएपनि खोज, अनुसन्धान एवं प्रचारप्रसारका कारण चन्द्रागिरि नगरपालिकाको मच्छेनारायण क्षेत्र पछि परेको छ ।

वैदिक सनातन धर्मले व्याख्या गरेअनुसार भगवान् विष्णुका १० अवतारमध्ये सबैभन्दा पहिलो मत्स्य अवतार लिएर यही स्थानमा वेदको रक्षा गरेको कथा विभिन्न पुराणमा वर्णन गरिएको छ । यहाँ अधिकमासमा विशेष मेला लाग्ने गर्छ । अरुबेला ओझेलमा परेपनि मच्छेनारायणमा पुरुषोत्तम मास अर्थात् मलमासमा भक्तजनको भीड लाग्छ । यस वर्ष जेठ २ गतेदेखि ३० गतेसम्म अधिकमास परेकाले भक्तजनको संख्या बढ्न थालेको मच्छेनारायण मेला व्यवस्थापन समितिले जनाएको छ ।

चन्द्रागिरि नगरपालिकाको वडा नं ९ मा पर्ने यो तीर्थस्थलको मेला व्यवस्थापनका लागि वडा अध्यक्ष देवेन्द्र महर्जनको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिलाई सहयोग पु¥याउन स्वयंसेवक, प्रचारप्रसार, पार्किङ व्यवस्था, खाद्य सामग्री र सरसफाइ गरी पाँचवटा उपसमिति पनि गठन गरिएको वडा सदस्य सुरेन्द्र केसीले राससलाई जानकारी दिनुभयो ।

मेलामा हालसम्म २० लाखभन्दा बढी भक्तजन आइसकेका छन् । हाल शनिबार र बिदाका दिन तीनलाख एवं अरु दिन एक लाखभन्दा बढी भक्तजन आउने गरेको उहाँले सुनाउनुभयो ।

“विसं २०६७ देखि यस स्थानको ऐतिहासिक खोज अनुसन्धान शुरु गरेका छौँ, जर्मन सरकारको सहयोगमा अनुसन्धान गरी माइक्रोफिल्ममा उतारिएका केही प्रति पाएर पुस्तकका रुपमा प्रकाशनको तयारी गरिएको छ”, मच्छेनारायण क्षेत्र विकास कोषको अध्यक्षसमेत रहनुभएका वडा सदस्य केसीले भन्नुभयो ।

ऐतिहासिक र पौराणिक ग्रन्थमा मच्छेनारायणलाई मीनतीर्थ भनी उल्लेख गरिएको छ । मत्स्य पुराण, हिमवत्खण्डको नेपाल महात्म्य, पुरुषोत्तम मास महात्म्यलगायत ग्रन्थमा मीनतीर्थका बारेमा व्याख्या गरिएको छ ।

यहाँको गुरुयोजना बनाएर धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने तयारी नगरपालिकाले गरेको छ । भगवान् विष्णुले मत्स्य अवतार लिएको स्थान भनी प्रचारप्रसार गर्नसके विश्वका हिन्दू धर्मावलम्बीलाई यहाँ आकर्षण गर्न सकिने कोषले जनाएको छ ।

मेलामा आएका भक्तजनबाट विभिन्न नाममा शुल्क, चन्दा, सहयोग लिने काम रोक्न चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका नगर प्रमुख र उपप्रमुखसहित सुरक्षा निकायको बैठक राखेर निर्णय गरिएको समितिले जनाएको छ ।

यस वर्ष कामु प्रधानन्यायाधीश दीपकराज जोशी र प्रधानसेनापति राजेन्द्र क्षत्रीले मच्छेनारायणको अवलोकन भ्रमण एवं दर्शन गर्नुभएको समितिले जनाएको छ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत मन्त्रीहरु पनि यसै साता आउनुहुने जनाइएको छ ।

द्वापर युगमा भगवान् कृष्णले अधिकमास परेका बेला यहाँ स्नान एवं पूजा गरे मनकामना पूरा हुने भनी मेलाको शुरुआत गर्नुभएको जनविश्वास छ । कीर्तिपुर र सतुंगल दुवै स्थानबाट मच्छेनारायण पुग्न सकिन्छ । यहाँ जान काठमाडौँको पुरानो बसपार्कबाट सार्वजनिक यातायात पाइने समितिले जनाएको छ । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result