Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विचारसहितका कलात्मक र सुन्दर सिर्जनामा जोड

असार ३, २०७५ ११:३४ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ३ असार । साहित्य सन्ध्याको ३८५ औँ शृङ्खलामा शनिबार ‘सञ्चार माध्यममा प्रगतिशील साहित्यको स्थान’ विषयमा भएको परिचर्चामा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य, वरिष्ठ साहित्यकार एवम् सञ्चारकर्मी रघुजी पन्तले लेखनमा नयाँ विम्ब प्रयोग र राम्रा सिर्जना गर्ने हो भने प्रकाशनको समस्या अहिले नरहेको बताउनुभयो ।
उहाँले विद्युतीय माध्यमको प्रयोग गरेर राम्रा सिर्जना सम्प्रेषण गर्न सकिने राम्रो अवसर अहिले आएको बताउँदै भन्नुभयो, “प्रगतिशील स्रष्टाले पनि विचारसहितका कलात्मक र सुन्दर सिर्जना विद्युतीय सञ्चारमाध्यमको प्रयोगका माध्यमबाट सम्प्रेषण गर्नुपर्छ ।”
आजको युगमा समाजका आवश्यकता र रुचिका कुरा हाम्रा सिर्जनाले दिन सकेनन् भने सिर्जनाको आकर्षण घट्ने बताउँदै उहाँले नयाँ पुस्तालाई जोड्ने र तिनैलाई केन्द्रमा राखेर सिर्जना गर्न सकेमा सञ्चारमाध्यममा सजिलै स्थान प्राप्त हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा भएको कार्यक्रममा नारायणप्रसाद निरौलाद्वारा लिखित ‘आमाको माया’ लघुकथा सङ्ग्रहको लोकार्पण गरिएको थियो । डा पुष्करराज भट्टले कृति समीक्षा गर्दै कथामा समाजका यथार्थपरक विसङ्गतिलाई उजागर गरिए पनि रूपान्तरणको वैचारिक आग्रह भने कमजोर भएको र धेरै कथा लघुकथाको मानकअनुसार नरहेको विचार राख्नुभयो । लघुकथा फरक झट्का दिएर टुङ्गिनुपर्दछ भन्ने पक्षमा कथाकारको ध्यान जानुपर्ने र भाषिक पक्षमा पनि सचेत हुनु आवश्यक रहेको उहाँले बताउनुभयो ।
गोष्ठीमा मुकुन्द न्यौपाने, डम्बर पहाडी, निर्भीक राई, गोविन्द नेपाल, देवु लुइँटेल, वैरागी जेठा, उमेश उपाध्याय, गोपाल बराल, वासुदेव अधिकारी, गोविन्द वेदमणि, जयन्ती स्पन्दन, गणेश मार्मिक, तारा गाउँले, कमल जङ्गली, गोमा कटुवाललगायतले आआप्mना कविता, गीत, गजल, एलाक(एक लाइन कविता) वाचन गर्नुभएको मञ्चका उपाध्यक्ष रमेश पोखरेलले जानकारी दिनुभयो । वाचित कृतिमाथि प्रा डा पारसमणि भण्डारीले समीक्षा गर्दै कलामूल्यका हिसाबले सबै कविता बन्न नसकेको तथा कतिपय कविता कलाका हिसाबले मध्यम तर विचार र विषयको उठान राम्रो भएको बताउनुभयो ।
कार्यक्रममा रु एक हजार राशिको नियमित मासिक नियात्रा पुरस्कार अच्युत घिमिरेलाई प्रदान गरियो । गोष्ठीमा सन्ध्याका अध्यक्ष राम विनयले स्रष्टा सदैव प्रतिपक्षी हुन्छ भनिन्छ तर स्रष्टाले सकारात्मक र नकारात्मक खुट्याउनसक्नुपर्दछ र समाजरूपान्तरणका पक्षमा कलम चलाउनुपर्दछ भन्नुभयो ।

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result