Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मुगुकी १०३ वर्षीया देउसरालाई नागरिकता

असार ६, २०७५ ३:०९ मा प्रकाशित
Share on FacebookShare on Twitter

सुर्खेत, ६ असार / खत्याड गाउँपालिका–११ मुगु लुई गाउँकी १०३ वर्षीया देउसरा कार्कीले नागरिकता प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय मुगुको आयोजनामा मुगु खत्याड गाउँपालिकामा जेठ ३० गतेदेखि सञ्चालित एकीकृत घुम्ती शिविरमा कार्कीलाई नागरिकता प्रदान गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । छत्तीस वर्षमात्र आयु भएका नागरिकको जिल्ला भनेर चिनिएको मुगुमा १०३ वर्ष उमेरसम्म बाँच्ने र जीवनको अन्तमा भएपनि नागरिकता पाउने देउसरा पहिलो भाग्यमानी महिला हुनुहुन्छ ।

ओरालो लागेको जीवनको अन्तमा भएपनि नेपाली नागरिक हुन पाएकामा देउसराले खुशी व्यक्त गर्नुभयो । “योभन्दा अघि जिल्लाको कुनै हाकिम यहाँ आएनन्, यतिबेला सिडिओ साब पहिलो पटक घरदैलोमा आएर नेपाली नागरिक हुने मौका दिनु भएको छ, मलाई ठूलो खुशी मिलेको छ,” हर्षित मुद्रामा कार्कीले भन्नुभयो र प्रजिअ अधिकारीलाई फलिफाप होस् भनेर आशीर्वाद दिनुभयो ।

प्रजिअ अधिकारीले औसत आयु ४६ वर्ष भएको मुगु जिल्लामा १०३ वर्षको आमालाई नागरिकता दिन पाउँदा आफूलाई सौभाग्यशाली ठानेको बताउनुभयो । “अशिक्षा, गरिबी र लुई गाउँ दुर्गम भएर होला, आमाले नागरिकता लिन पाउनु भएको रहेनछ,” उहाँले भन्नुभयो ।

घुम्ती शिविरबाट नौ सय लाभान्वित

मुगु सदरमुकाम गमगढीबाट एक दिन समय लाग्ने खत्याड गाउँपालिकामा सञ्चालित एकीकृत घुम्ती शिविरबाट नौ सयभन्दा नागरिकहरु लाभान्वित भएका छन् ।

जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, मालपोत, महिला तथा बालबालिका, स्वास्थ्य तथा पशुसेवा कार्यालयसहितको एकीकृत घुम्ती शिविरबाट नौसयभन्दा बढी नागरिकहरुले सेवा लिएका छन् । शिविरमा ४३८ जनालाई नागरिकता, ३३ बाल परिचयपत्र, ४८ अपांग परिचयपत्र, ११ जनालाई मालपोत नामसारी, चारजनालाई बकस, चार जनालाई राजीनामा, तीनजनाको नाम संशोधन र ३० जनालाई पुरानो फिर्ता गरी नयाँ पूर्जा जारी गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार जेठ ३० गतेबाट शुरु भएको घुम्ती शिविर यही असार ७ गतेसम्म सञ्चालन हुनेछ ।

स्थानीय सरकारकै योजना गुणस्तरीय

संघीय सरकारका विद्यमान संरचनाका साथै स्थानीय सरकारअन्तर्गतका विकास योजनाको काम अहिले धमाधम भइरहेका छन् ।

सबै तहमा असारे विकासको चटारो छ । दैनिक प्रशासन सञ्चालनार्थ हरेक तहमा चालू बजेट त निरन्तर खर्च भइरहेको छ । यद्यपि, पूँजीगत बजेट आखिर त्यही ‘असारे विकास’ भन्ने थेगो भन्दा फरक तरिकाबाट कार्यान्वयन नभएको स्थानीय जनता बताउँछन् । स्थानीय सरकार सञ्चालन भएको एक वर्षपछि पनि यो अवस्थाट धेरै स्थानीय सरकारहरु टाढा छैनन् । सञ्चालित योजनाको गुणस्तर र विकासमा तीव्रता स्थानीय सरकारले ल्याएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो ।

प्रजिअ अधिकारीले भन्नुभयो – “संघीय सरकारबाट सञ्चालित स्कूल भवन, खानेपानी, सिँचाइ जस्ता योजनामा त्रुटि देखिएको छ । तिनको विवरण संकलन गर्दैछौं ।” केन्द्रको तुलनामा गाउँपालिकाले सञ्चालन गरेको योजनाहरुमा गुणस्तर र काममा छरितोपन देखिएको उहाँको दाबी छ ।रासस

सम्बन्धित समाचार

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुने
कला/मनोरन्जन

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुने

मे १८ मा १९७४ एडीले वे एरिया तताउने !
Breaking News

मे १८ मा १९७४ एडीले वे एरिया तताउने !

हिमानी शाह मुक्तिनाथ धामको धार्मिक कार्यक्रममा सरिक हुने
Breaking News

हिमानी शाह मुक्तिनाथ धामको धार्मिक कार्यक्रममा सरिक हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result