Wednesday, June 18, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

औद्योगिक क्षेत्रको कामले गति पायो

असार २९, २०७५ ११:१९ मा प्रकाशित
Share on FacebookShare on Twitter

भीमदत्तनगर, २९ असार / प्रदेश नं ७ अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकामा स्थापना हुने दैजी छेला औद्योगिक क्षेत्र निर्माणको कामले गति पाएको छ ।

लामो समयदेखि थाती रहेको औद्योगिक क्षेत्र निर्माणका लागि स्थानीय तह नेतृत्वले सक्रियता देखाएपछि कामले गति पाएको हो । यहाँको निजी क्षेत्रले औसरकारलाई स्थापनाका लागि दबाब दिँदै आएको छ ।

स्थानीय तहको निर्वाचनपछि प्रस्तावित औद्योगिक क्षेत्र निर्माणस्थलमा धेरैपटक सर्वेदेखि पछिल्लो समय सम्बन्धित मन्त्रीसमेतले अनुगमन गरेका छन् । औद्योगिक क्षेत्र स्थापनाको काम तत्काल अगाडि बढाउन खटिएका बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले औद्योगिक क्षेत्र निर्माणको काम अघि बढेको जानकारी दिनुभयो ।

“विभिन्न मन्त्रालयमा स्वीकृत लिनेदेखि प्रक्रिया मिलानका काम सबै सकिएर व्यवसायीसँग उद्योग स्थापनाका लागि आग्रह गरिएको छ ।” नगर प्रमुख चन्दले रासससित भन्नुभयो, “औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड पनि निकै अग्रसर भएको छ ।”

व्यापारी व्यवसायीलाई उद्योगको किसिमसहित आगामी साउन १७ गतेभित्र आवेदन फारम बुझाउन आग्रह गरिएको नगरप्रमुख चन्दको भनाइ छ । उद्योग स्थापनाका लागि सूचना जारी भइसकेको जानकारी दिँदै उहाँले वातावरणीय प्रभाव मूल्याङ्कन र औद्योगिक क्षेत्रको विस्तृत प्रतिवेदनको काम अन्तिम चरणमा रहेको बताउनुभयो ।

“दुवै रिपोर्टको काम सकिनै लाग्यो,” चन्दले भन्नुभयो, “काम सकिएपछि रिपोर्ट उद्योग मन्त्रालयमा पेश गरिनेछ ।” उहाँले औद्योगिक क्षेत्र स्थापनाको काम अब दु्रत गतिमा अघि बढ्ने बताउनुभयो । औद्योगिक क्षेत्र स्थापनाको काम लामो समय वन तथा वातावरण मन्त्रालयमा अड्किएको थियो ।

एक साताअघि मन्त्रालयले औद्योगिक क्षेत्र स्थापनाका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नाममा २९३ बिघा जग्गा दर्ता गरी वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गर्न सहमतिसमेत दिएको थियो । उक्त कार्यका लागि गत असार १५ गते वन तथा वातावरण मन्त्रालयमा मन्त्रिस्तरीय निर्णयबाट सहमति प्रदान गरिएको थियो ।

बेदकोट नगरपालिकामा रहेको दैजी छेला औद्योगिक क्षेत्र निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणसमेत भइसकेको छ । विसं २०५२ मा जिल्ला वन समन्वय समिति र साविकको दैजी गाविसको निर्णयबमोजिम दैजीका वडा नं ५ र ६ हाल बेतकोट नगरपालिकाको वडा नं २ र ३ को छेला आसपासको क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना हुनेछ ।

विसं २०५६ असारमा जिल्ला वन समन्वय समितिले छेलामा स्थापना हुने औद्योगिक क्षेत्रलाई आवश्यक जमीन उपलब्ध गराउने सहमति गरेको थियो । छेला औद्योगिक क्षेत्रका लागि २०७१ पुसमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पूर्व सम्भाव्यता अध्ययन गरेको थियो । दैजी छेला औद्योगिक क्षेत्रभित्र खाद्य, वन तथा कृषि, धातु, प्लाष्टिक, इन्जिनियरिङ र फेब्रिकेटिङ, मिनरल वाटर, कागज, सिमेन्ट, छडलगायतका १०० वटा उद्योग स्थापना गर्न सकिने छ । रासस

सम्बन्धित समाचार

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

तनाव व्यवस्थापनको कला सम्बन्धी वेबिनार सम्पन्न
अमेरिका समाचार

तनाव व्यवस्थापनको कला सम्बन्धी वेबिनार सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result