Wednesday, June 18, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पुटिन र ट्रम्पबीच सोमबार वार्ता हुने

असार ३१, २०७५ ४:५१ मा प्रकाशित
पुटिन र ट्रम्पबीच सोमबार वार्ता हुने
Share on FacebookShare on Twitter

पेरिस, ३१ असार /  रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी सोमबार द्विपक्षीय वार्ता हुने भएको छ ।

सोमबार हेलसिन्की शिखर सम्मेलनका क्रममा उहाँहरुबीच वार्ता हुने बताइएको छ । पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको थियो ।

दुई महिना मात्र अघि पनि पुटिनको कडा आलोचना गर्दै अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो ।

अमेरिकाको यो कदमको स्वागत गर्दै केही बेलायत र युरोपेली देशले पनि रुसी कूटनीतिज्ञलाई आ–आफ्ना देशबाट निकाला गरेका थिए । यो कार्यको अपजस सबै अमेरिकालाई गएको थियो ।

यसको जवाफमा रुसले पनि मस्कोमा रहेको एक कन्सुलेट अफिस बन्द गराएको थियो । जसका कारण केही दर्जन अमेरिकी कूटनीतिज्ञले रुस छोड्नु परेको थियो ।

त्यो विवादपछि पहिलो पटक यी दुई शक्तिशाली देशका राष्ट्रपतिले आपसी भेटवार्ता गर्नुहुने भएको बताइएको छ । विश्वका सञ्चारमाध्यमहरुले यसलाई एक बहुप्रतिक्षित वार्ताका रुपमा पनि लिएका छन् ।

उहाँहरूले सोमबारको भेटवार्ता पछि संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी भएको रुसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ ।

पुटिन र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन पनि गर्नुहुने भएको रुसबाट प्राप्त समाचारमा जनाइएको छ । हेलसिन्की वार्तापछि उहाँहरुको पत्रकार सम्मेनल हुने छ ।

क्रेमलिनका प्रवक्ताले आउँदो हप्ता हुने शिखर सम्मेलनपछि उहाँहरूले संयुक्त वक्तव्य नै जारी गर्ने निश्चित भने नभएको गत शुक्रबार मस्कोमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

दुई शक्तिशाली राष्ट्रपति पुटिन र ट्रम्पको पहिलो बैठक आउँदो सोमबार हुने जानकारी रुसी सञ्चारमाध्यमहरुले दिएका छन् । साथै ती सञ्चारले यी दुई राज्यप्रमुखहरुले भेटेपछि के विषयमा कुराकानी गर्नेछन् भन्ने बारेमा पनि आ–आफ्ना अनुमानहरुमा समाचार बनाएका छन् ।

एक अर्काले विपरित धारको नेतृत्व गर्दै आउनु भएका तथा पछिल्लो समयमा विविध विषयमा एक अर्काप्रति विवादास्पद अभिव्यक्ति दिँदै आउनुभएका पुटिन र ट्रम्पको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

यसअघि उहाँहरूबीच गत वर्षको नोभेम्बरमा भएको एपेक शिखर सम्मेलनका क्रममा भियतनाममा पछिल्लो भेटवार्ता भएको थियो । त्यस समयमा उहाँहरुबीच छिट्टै वार्ता गर्ने सहमति भएको बताइएको थियो ।

तर त्यसपछि भने उहाँहरु पहिलोपटक सोमबार भेट हुन लागेका हो ।

पुटिन मेरा प्रतिश्पर्धी ः ट्रम्प

यसैबीच राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो एकजना ‘प्रतिश्पर्धी’ मात्र भएको टिप्पणी गर्नुभएको थियो ।

गतहप्तामात्र ब्रसेल्समा भएको एउटा शिखर सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले समकक्षी पुटिनलाई आफ्नो शत्रु भने नभएको प्रतिक्रिया दिनुभएको हो ।

ब्रसेल्सको उक्त सम्मेलनपछि आयोजना भएको एक पत्रकार सम्मेलनका क्रममा एकजना पत्रकारले उहाँलाई “के पुटिन तपाईको सत्रु हुन् ?” भनेर प्रश्न सोधेका थिए ।

त्यस प्रश्नको जवाफमा उहाँले भन्नुभयो “होइन, पुटिन मेरा सत्रु होइनन्, बरु उनी मेरा प्रतिश्पर्धी चाहिँ होलान् ।”

त्यस प्रश्नमा राष्ट्रपति ट्रम्पको जवाफ थियो– “पुटिन मेरा प्रतिश्पर्धी भने अवश्य हुन्, किनभने उनले रुसको प्रतिनिधित्व गर्छन्, मैले अमेरिकाको प्रतिनिधित्व गर्दछु, ।”

बेल्जियमको ब्रसेल्समा गतहप्ता नेटो राष्ट्रहरुको एक शिखर सम्मेलन भएको थियो । त्यस क्रममा उहाँले यो अभिव्यक्ति दिनुभएको थियो ।

उक्त सम्मेलनकै क्रममा पनि राष्ट्रपति ट्रम्पले आगामी हप्ता पुटिनसँग आफ्नो भेटहुने जानकारी दिनुभएको थियो । (रासस÷एएफपी)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result