Saturday, June 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पर्यटकीयस्थल महुरेगढीमा आँखा आकारको पोखरी

साउन १, २०७५ १:५९ मा प्रकाशित
पर्यटकीयस्थल महुरेगढीमा आँखा आकारको पोखरी
Share on FacebookShare on Twitter

खोटाङ, १ साउन / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलास्थित महुरेगढीमा आँखा आकारको पोखरी निर्माण गरिएको छ ।

हरेक वर्ष साउन २ गते ठूलो मेला लाग्ने महुरेगढीमा नगरपालिकाको रु ४३ लाख तथा स्थानीयको रु आठ लाख बराबरको जनश्रमदान गरी रु ५१ लाखको लागतमा पोखरी निर्माण गरिएको हो ।

मध्यपहाडी लोकमार्ग र सगरमाथा राजमार्गको संगमस्थल महुरेगढीमा निर्माण गरिएको पोखरीको लम्बाइ ३२ मिटर रहेको छ । बीच भागमा ब्रिज डाइनिङ बनाइएको पोखरीको दाँया र बाँया पानीको फोहोरा छोडिने र पोखरीमा रंगीन माछा राखिने निर्माण उपभोक्ता समितिका अध्यक्ष दिनेश राईले बताउनुभयो ।

गत फागुनदेखि निर्माण शुरु गरिएको पोखरीमा अहिले पानी चुहिन नदिन पनिङ प्लाष्टर, कलरिङ तथा पोखरी कम्पाउण्ड बाहिरको फलामको डण्डी, जाली वेल्डिङ, मुख्य गेट निर्माणको काम भइरहेको छ । ब्रिज डाइनिङको माथिबाट सेन्सर बिजुली बत्ती र डिजिटल बोर्ड राखिने उपभोक्ता समितिले जनाएको छ ।

पुरानो आहाललाई परिमार्जित गर्दै बनाइएको पोखरीमा पाइपबाट ल्याइएको शुद्ध पानी हाल्ने र फोहर भएपछि पुनः परिवर्तन गर्ने तयारी गरिएको छ । महुरेगढीमा मान्छेको आँखा आकारको पोखरी निर्माण भएपछि हेर्नेको भीड लाग्न थालेको छ ।

महुरेगढी दिक्तेल–हलेसी र दिक्तेल–गाईघाट सडकको संगमस्थलमा पर्छ । ऐतिहासिक एवं पर्यटकीयस्थल महुरेगढीमा पोखरी निर्माण गरेपछि आन्तरिक तथा बाह्य पर्यटकको केन्द्रबिन्दु बन्ने वडाध्यक्ष भीम राईले बताउनुभयो ।

महुरेगढीमा विशेष गरी हिमशृंखला, तराईका फाँट र लालीगुराँस हेर्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ । महुरेगढी आउने पर्यटकलाई थप मनोरञ्जन दिलाउँदै नगरपालिकाको आन्तरिक आयस्रोत वृद्धि गर्ने उद्देश्यले अन्य ठाउँमा निर्माण भएको भन्दा छुट्टै, मानिसको आँखा आकारको पोखरी निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दीपनारायण रिजालले बताउनुभयो ।

पोखरीमा नगरको समग्र वस्तुस्थिति झल्कने तस्वीरसमेत राख्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिकाको सिमाना नजिक पर्ने महुरेगढी समुद्री सतहदेखि करीब दुई हजार २०० मिटर उचाइमा पर्छ । रासस

सम्बन्धित समाचार

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुने
कला/मनोरन्जन

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुने

मे १८ मा १९७४ एडीले वे एरिया तताउने !
Breaking News

मे १८ मा १९७४ एडीले वे एरिया तताउने !

हिमानी शाह मुक्तिनाथ धामको धार्मिक कार्यक्रममा सरिक हुने
Breaking News

हिमानी शाह मुक्तिनाथ धामको धार्मिक कार्यक्रममा सरिक हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result