Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आदिकवि र विश्वकविको सम्मानका लागि जोड

साउन २०, २०७५ ३:२१ मा प्रकाशित
आदिकवि र विश्वकविको सम्मानका लागि जोड
Share on FacebookShare on Twitter

काठमाडौँ, २० साउन । कोलकातामा नेपालका आदिकवि भानुभक्त आचार्य तथा भारतका विश्वकवि रवीन्द्रनाथ ठाकुरका नाममा रवि–भानु साहित्यिक प्रतिष्ठान स्थापनाका लागि पहल गरिएको छ ।
भारतमा रहेका भारतीय–नेपालीभाषी तथा रोजगारी, व्यवसाय, अध्ययनलगायत विभिन्न कारणले त्यहाँ रहेका नेपालीको संयुक्त पहलमा यस क्षेत्रका दुई अति विशिष्ट कविका नाममा प्रतिष्ठान गठन गर्न लागिएको हो । दुवै देशका भाषा, साहित्य र संस्कृतिको विस्तार गरी जनस्तरको सम्बन्धमा नयाँ आयाम ल्याउने विश्वासले प्रतिष्ठानको आवश्यकता बोध गरिएको कोलकातास्थित नेपाली जनकल्याण समितिका अध्यक्ष बद्रीविक्रम थापाले बताउनुभयो । कोलकातामा यसअघि भानुभक्तको शालिक स्थापना गरिसकिएको छ । कोलकातामा क्रियाशील नेपाली समुदायका २६ संस्थाको पहलमा आगामी दिनमा प्रतिष्ठान स्थापनाको कानूनी तथा भौतिक तयारी तीव्र पारिने समितिका महासचिव रामबहादुर कार्कीले बताउनुभयो ।
यसैबीच नेपाली जनकल्याण समिति कोलकाताको आयोजना र नेपाली महावाणिज्यदूतावास कोलकाता, भानु प्रतिष्ठानन नेपाल, संयुक्त नेपाली केन्द्रीय सेवा संघ र भारत नेपाल जनमैत्री साँस्कृतिक मञ्चको संलग्नतामा कोलकाताको दासनगरमा २०५ औंँ भानुजयन्ती मनाइएको छ । कार्यक्रममा भारत पश्चिम बङ्गाल राज्यका सहकारीमन्त्री अरूप रायले प्रतिष्ठानका लागि स्पष्ट कार्ययोजनासहित प्रस्तुत हुन प्रस्तावक संस्थालाई आग्रह गर्नुभयो ।
भानु प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्यले दुवै प्रतिभाका नाममा नेपाल तथा भारतका भाषा, सहित्य तथा कलाको विकासमा योगदान दिन सकिने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानका सल्लाहकार धर्मराज बरालले पश्चिम बङ्गाल सरकार र कोलकातास्थित भारतीय निकाय भानुभक्तप्रति सकारात्मक रहेका बताउँदै गत वर्ष नै मन्त्री अरूप रायले भानुभक्तका नाममा सडकको नामकरण, प्रतिष्ठानका लागि जग्गा र अन्य भौतिक सहयोग गर्न लिखित योजना माग्नुभएको तर नेपाली पक्षकै आन्तरिक तयारीले ढिला भएको जानकारी दिनुभयो ।
नेपाली भाषा साहित्यको विकासमा कोलकातामा सक्रिय नारायण होमागार्इंँले कोलकातामा ‘नेपाली घर’ निर्माण गर्न जग्गा खरीद गरिएको जानकारी दिँदै त्यसमार्फत भानुभक्त र रवीन्द्रनाथको योगदानको प्रचारप्रसारमा बल पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा कोलकता निवासी नेपाली साहित्यका अध्येता डा सत्यप्रकाश तिवारी, भानु प्रतिष्ठानका महासचिव ऋषभदेव घिमिरे, सचिव रमेश शुभेच्छु, साहित्यकार तथा पत्रकार त्रिभुवनचन्द्र वाग्ले, कवि सुभद्रा भट्टराईलगायतले भानुभक्त र रवीन्द्रनाथकोे योगदान प्रचारप्रसारका लागि दुवै देशका नागरिकस्तरमा पहल हुनुपर्ने बताउनुभयो ।

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result