काठमाडौं । सत्तारुढ घटक नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टी निकट खेलकुद संगठनलाई राखेपमा समावेश नगरेको भन्दै सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका खनालले शनिबार काठमाडौंमा नेपाल खेलकुद महासंघ समाजवादीको केन्द्रीय भेला उद्घाटन गर्दै खेलकुद महासंघलाई राखेपमा अहिलेसम्म समावेश नगरिएको भन्दै सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी दिए।
उनले सरकारलाई समर्थन गरिरहको पार्टीको संगठनलाई राखेपमा समावेश नगरे सरकारमा बसिरहन कुनै आवश्यक नरहेको बताए।
प्रतिक्रिया लेख्नुहोस्:-