Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिका–तालिबानबीच वार्ताको तयारी

भदौ ४, २०७६ १:४४ मा प्रकाशित
Share on FacebookShare on Twitter

काबुल, ४ भदौ  – अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानसँग वार्ता गर्न अमेरिकी विशेषदूत जाल्मे खलिलजाद कतारको दोहातर्फ प्रस्थान गर्नुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अफगानिस्तानमा इस्लामिक स्टेटको प्रभाव बढ्न थालेसँगै तालिबानसँगको वार्तालाई निर्णायक बनाउन दुबै पक्षले तिब्र प्रयास थालेका छन् ।

 

अमेरिकी दूत खलिलजादले वार्ताको प्रगति बारेमा विचारविमर्श गर्न अफगानिस्तानको पनि भ्रमण गर्नुहुनेछ । यसअघिका वार्तामा अफगानिस्तान सरकारलाई खासै महत्व दिइएको थिएन । अमेरिकी विदेश मन्त्रालयले अफगानिस्तानका विभिन्न पक्षबीच सहमति जुटाउने प्रयासलाई निरन्तरता दिइने जनाएको छ ।

 

वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संवाददाताहरुसँग कुरा गर्दै तालिबान विद्रोही समूह लडाइँ रोक्न इच्छुक रहेको बताउनुभएको छ । उहाँले तालिबान समूहले अफगानिस्तानलाई आतङ्कवादी क्रियाकलापको केन्द्र हुनबाट सजिलै रोक्न सक्ने विचार व्यक्त गर्नुभयो ।

 

कतारमा हुने नयाँ चरणको वार्ता काबुलमा यसै सप्ताहान्तमा भएको भिषण बम आक्रमणपछि हुन लागेको हो । तालिबान समूहले उक्त आक्रमणमा आफ्नो जिम्मेवारी नरहेको बताइसकेको छ । अफगानिस्तानमा सक्रिय इस्लामिक स्टेट समूहले आक्रमणको जिम्मेवारी लिएको छ ।

 

इस्लामिक स्टेटले पछिल्ला केही महिनादेखि आतङ्कवादी ठूला आक्रमणहरु तिब्र रुपमा बढिरहेकाले अमेरिका–तालिबान वार्ता नै ओझेलमा पर्ने खतरा बढेको विश्लेषकहरुको भनाई छ ।

 

विश्वमै अफगानिस्तानको युद्ध सबैभन्दा खतरनाकमध्ये एक मानिन्छ । राष्ट्रसंघले अघिल्लो दशकमा भन्दा बढी सर्वसाधारण गत वर्ष मारिएको जनाएको छ । शनिबार भएको बम आक्रमणमा पनि ६३ जना सर्वसाधारणको ज्यान गएको थियो । विगत १० वर्षमा ३२ हजारभन्दा बढी गैरसैनिक नागरिक मारिएका छन् ।

 

अमेरिकी रक्षा मन्त्रालयले मंगलबार सार्वजनिक गरेको एक प्रतिबेदनमा हाल अफगान द्वन्द्व यथास्थितिमा रहेको उल्लेख छ । तालिबान समूहले पनि थप क्षेत्रलाई आफ्नो कब्जामा लिन सकेको छैन भने सरकारी फौजले पनि गुमेका क्षेत्रहरुमाथि पुनः नियन्त्रण गर्न सकेको छैन । अप्रिल–जुनको अवधि विश्लेषण गरिएको उक्त प्रतिवेदनले हिंसात्मक घटनाहरुमा खासै परिवर्तन नआएको उल्लेख गरेको छ ।

 

अफगानिस्तानमा हाल १४ हजार सैनिक तैनाथ छन् । अमेरिकी सैनिक फिर्ती नै अमेरिका–तालिबान वार्ताको मुख्य विषयवस्तु रहेको छ ।
(रासस-एपी)

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result