काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिला आफूलाई संविधान मिचेको आरोप लगाउनेहरूले नै अहिले संविधान कुल्चिएको आरोप लगाएका छन् ।
पूर्व प्रधानमन्त्री ओलीले आइतबार विराटनगरमा एमाले कोशी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै भने, “उनीहरू त म्युजिकल चेयरका खेलाडीभन्दा माथिका पनि देखिएनन् ।”
कुर्सीमा कुदेर झ्याप्प बस्ने र विजेता घोषित गरिहाल्ने परिपाटी देखिएको ओलीको भनाइ थियो ।
कोसी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वास मतको विषय कोट्याउँदै उनले मत सच्याउने समय घर्किसकेको अवस्थामा सभाध्यक्षलाई मतदान गराउनु तमासा मात्र भएको जिकिर गरे ।
उनले भने, “संविधानविपरीत होस् कि कानुनविपरीत होस्, जसरी पनि सत्ता कब्जा गर्ने मनसाय देखियो ।”
प्रतिक्रिया लेख्नुहोस्:-