Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

महिलाको जीवन यात्रा : जिन्दगीमा फेरिएका रंगहरु

भदौ १८, २०७५ २:३६ मा प्रकाशित
महिलाको जीवन यात्रा : जिन्दगीमा फेरिएका रंगहरु
Share on FacebookShare on Twitter

सधैँ झैँ आज पनि चराहरूको मधुर गुन्जन अनि बिहानीपखको मिरमिरेले मेरो आँखा खुल्यो । अनि घडी उठाएर हेर्दा बिहानीको ५ बजिसकेको रहेछ।
एक दिन सधैँ झैँ मनमनै भगवानलाई सम्झी सधैँ झैँ आफ्नो परिवारको सुख, शान्ती, समृद्धि कामनाको प्रार्थना गर्दै दिनको सुरुवात गर्ने प्रयास गर्न थाले । तर…… खै किन हो कुन्नि आज मलाई ओछ्यानबाट पटक्कै उठ्न मन लागेन। एकछिन यत्तिकै दलिनतिर टोलाएर सधैँ झैँ घर धन्दा, अफिस, स्कुल, खानपिन, घरको सरसफाइको कामहरूको बारेमा सोच्न थाले….हिजोको नै थकाइ मरेको छैन आज फेरी उही कामहरू… एक्कासि लामो श्वाससँगै सुस्केरा लिन पुगे । अनि एकछिन झसङ्ग भए म त कहाँ आफ्नो देशमा पनि कहाँ छु र विदेशमा भएको अनुभूति गरे र सोच्न लागे यदि त्यहाँ भइदिएको भए नोकर चाकरको सुविधा कति हुँदो हो । यता न कसैसँग सहयोगको अपेक्षा नै गर्न सक्दछु । न नोकर चाकरको कल्पना, यता त बिरामी हुँदा पनि उठेर सबै कार्य गर्नु पर्ने हुन्छ । एकछिन यस्तै आफ्नो अतीतका कुराहरू कल्पना गर्न पुगे । आफ्नो विवाह पूर्व अनि विवाह पछाडिको जीवन सरसरी एउटा पन्नामा पस्केर केलाउन सुरु गरेँ ।
कुनै नियम कुनैबंधन थिएन त्यतिबेला आफ्ना बुबा मम्मी, दिदी, दाजु, साथीभाइसँगको हाँसो ठट्टौली गरेको त्यो रमाइलो, बिना डरको त्यो जीवन कति रमाइलो थियो भने विवाह पछि जीवनको अचानक मोड नै बदलियो ।
अनौठो नयाँ परिवार, नयाँ समाज, नयाँ इष्टमित्र न कहिले चिनेको न जानेको अनि आफ्नो बालबच्चा समाजको बन्धनमा बाँधिएको महसुस भयो । अचानक झसङ्ग भए आज सम्म के के भयो कता कता पुगे जीवनको उतारचढाव पार गर्दै हिँडिरहेको यो जीवनको कुनै टुंगो छैन । कहिले एउटा गन्तव्यमा पुग्ने हो थाहा नै छैन । यहाँ सम्मको यात्रा मैले कसरी गरे अनि कसरी गर्न सके आफूलाई प्रश्न गर्न पुगेँ । संझदा कहालीलाग्दो यात्रा तिता मिठा अनुभवसँग पार गर्न पुगेँ । एकछिन मुसुक्क हाँस्दै एक्लै म एक बहादुर नारी नै रहेछु भनेर सम्झेँ ।
अचम्म रहेछ यो संसार । त्यो कलिलो हातले भाँडाकुँडा खेलेको त्यो बाल्यकालको सम्झना म मा अझै ताजा छ तर अहिले मेरो यो जीवन पनि कुनै खेलभन्दा कम छैन ।
यो खेल पनि एक किसिमको रमाइलो खेल नै मान्नु पर्दछ । जिन्दगीमा सुख दुखको मिश्रण भएन भने जीवनको कुनै मूल्य पनि थाहा हुँदैन । तसर्थ मेरो विचारमा जीवन के हो ? यसमा के के परिस्थितिको सामना हामीले गर्नुपर्छ त्यो पाठ सिक्न पनि जरुरी छ जस्तो मलाइ लाग्दछ । कसैको पनि अन्त्य कसैलाई थाहा हुँदैन । कसैले घमन्ड अनि कसैको रिस डाह गर्न मूर्खता हुन्छ । जीवनको खेलमा म भुलेको छु, मेरो खेलको खेलाडीहरू मेरो आफ्नै परिवारहरू हुन् । सोच्दछु यो खेलको अन्त्य हारको होइन जितको होस् । सबैको मुहारमा जितको कान्ति छावोस यही कामनाका साथ हरेक बिहान उठेर खेलको लागि तयार हुने गर्दछु ।
फेरी आफूलाई एकछिन प्रश्न गर्न थाले । त्यसो भए त्यो पहिलाको जीवनको समाप्ति भइसक्यो त ? त्यो सबै मेरो रहर, इच्छा मेरो चाहना त्यो स्वतन्त्रतापूर्णको मेरो हाँसो सबै रित्तिसके त ? खै त हाम्रो अस्तित्व? अचानक मलाइ शरीरमा गर्मी अनि छटपटाहट भएको महसुस गरे । आफ्नो माइती, दिदीबहिनी, दाजुभाइ साथीसँगको रमाइलो कुरा अनि सबै छुटीसके त ? कठै म । बिचरा बन्न पुगीसकेको रहेछु ।
फेरी आफूले आफूलाई सान्त्वना दिन थाले । अझै ओछ्यान मै कल्पना गर्दै बसिरहेको छु । आज चार दशक बढी भयो कति तितामिठा घटनाहरू घटे । कति रमाइला थिए त कति निराशाजनक थिए । आज आफू बिच सबै छुटे सिवाय मेरो एक साथी त्यो हो मेरो कपी कलम । जोसँग म मेरो मनको कुराहरू गर्ने गर्दछु । हाँस्छु, रुन्छु मेरो वेदनाहरू पोख्ने अनि समेट्ने गर्दछु ।
अचानक म झसङ्ग भए । सोच्दा सोच्दै घडी हेर्न पुगे । लौ बर्बाद भयो ७ बजिसकेको रहेछ । हतार हतार गर्दै उठेँ । एकपल्ट मुसुक्क हाँसेर जीवनपाइलामा म सँगसँगै हिडीरहेको श्रीमानलाई हेरेर मन चित्त बुझाए अनि, आफ्नो दैनिक कार्यमा लाग्न सुरु गरे । ऐना अगाडी उभिएर कपाल कोर्न थाले । सेतो केश अलिअलि नियाल्दै लुकाउने प्रयास गर्न थाले । के गर्ने केश रंगाउने फुर्सद पनि कहाँ छ र अब ? त्यो सबै बाल्यकालको खेल रहर सबै पछाडि छुटेको अनुभव भयो सेतो केश देख्दा ।
बालबच्चा पनि कहाँ साना छन् र अब सबै आफ्नो आफ्नो कार्यभार सम्हाल्ने भैसकेका छन् ।
जिन्दगीको रङ्ग पनि मेरो केशको सेतो रङ्ग झैँ भैसकेको अनुभूति भयो अनि फटाफट सबै काम समेटेर दराज भित्र रहेको कपीकलममा आफ्नो कल्पनाको अतीतका कुरा लगायत आजसम्मका रमाइला अनि तितामिठा अनुभव केलाउन लागेँ । आफ्नै शब्दमा आफ्नै सम्झनामा …….
आरती
आरती थापा श्रेष्ठ

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !
Slider

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

गगनको नेतृत्व देशको आवश्यकता हो
बिचार / ब्लग

मेरो स्मरणमा पश्चिम युरोपको अध्ययन र अनुसन्धान

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result