काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले सत्ताकेन्द्रित राजनीति नगर्ने बताएका छन् । अध्यक्ष लिङ्देनले आज सुर्खेत विमानस्थलमा भएको पत्रकार भेटघाटमा कार्यक्रममा यस्तो प्रष्टीकरण दिएका हुन् ।
ुराप्रपा बाहिर बसेर भ्रष्टाचारविरुद्ध दरिलो खम्बा भएर उभिन सक्छ तर पदको लोभले सत्ताको राजनीति गर्दैन । सरकारलाई राप्रपाले समर्थन मात्र होइन सरकारलाई अप्ठेरो पर्दा समर्थन र सत्ता टिकाउन पनि सहयोग गर्छ,ु उनले भने ।
सुर्खेतमा हुने कार्यक्रर्ता प्रशिक्षणका लागि अध्यक्ष लिङ्देनसहितका नेताहरू आज सुर्खेत गएका हुन् ।






प्रतिक्रिया लेख्नुहोस्:-