भद्रपुर, २५ भदौ / साहित्यकार मोतीराम भट्टका नाममा स्थापित ‘मोतीराम भट्ट साहित्य पुरस्कार’बाट नेपाली साहित्य परिषद् सिक्किमका पूर्वाध्यक्ष प्रद्युम्न श्रेष्ठ पुरस्कृत हुनुभएको छ ।
एक सय ५३ औंँ मोती जयन्तीको अवसरम त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारीले रु ३० हजार राशिको पुरस्कारका साथ ताम्रपत्र प्रा डा गोपालप्रसाद भण्डारीले श्रेष्ठलाई आइतबार प्रदान गर्नुभएको हो । विसं २०५६ मा छत्रबहादुर बस्नेतले रु पाँच लाखको अक्षयकोष खडा गरी पुरस्कारको स्थापना गर्नुभएको थियो । दुई वर्षका अन्तरालमा वितरण गरिँदै आएको सो पुरस्कारबाट यसअघि इन्द्रबहादुर राई, गणेशबहादुर प्रसाईं, कृष्णभूषण बललगायत पुरस्कृत भइसकेको पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारीले बताउनुभयो ।रासस



प्रतिक्रिया लेख्नुहोस्:-