अमेरिका, सेप्टेम्वर १० । हलिउड गायक निक जोनससँगको लगनगाँठो पश्चात गुमनाम रहेकी प्रियंका चोपडाको वलिउड चलचित्र द स्काई इज पिंकको ट्रेलर सार्वजनिक भएको छ ।चलचित्रमा प्रियंका सँगै फरहान अख्तरको अभिनय रहेको छ ।
यस फिल्मका विषयमा लामो समयदेखि चर्चा चलिरहेको थियो । दिल्लीको पृष्ठभूमिमा बनेको लभस्टोरीमा यो फिल्म बनेको हो । फिल्मको कथालाई जायरा वसीमको पात्रले न्यारेट गरेको देखिन्छ ।
कथा एक किशोरी आयुषी (जायरा वसीम) वरिपरि घुम्छ । उनी आफ्नो मातापिताको प्रेमकथा भन्छिन् ।
प्रियंका र फरहानको प्रेमकथामा निकै उतारचढाव आउँछन् र आयुषी यसमा आफूलाई भिलेन मान्छिन् । नचाहिकनै गर्भवती भएको र बच्चा पाएपछि पनि ऊ निकै बिरामी भएपछि उसको हेरचाह गर्नका लागि संघर्ष गरेको कथा यसमा देखाइन्छ ।
प्रियंका र फरहानकी छोरीको भूमिकामा वसीम छिन् । रोहित सर्राफको अभिनय पनि छ ।
शोनाली बोसले निर्देशन गरेको फिल्मको ट्रेलरले यतीखेर भारतीय सामाजिक सञ्जाललको ट्रेडिंगमा छ । फिल्म एक महिनापछि ११ अक्टोबरमा रिलिज हुँदैछ ।









प्रतिक्रिया लेख्नुहोस्:-