Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

संविधान दिवसमा टेलिकमको सहुलियत योजना

भदौ ३१, २०७५ २:०७ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ३१ भदौ / नेपाल टेलिकमले २०७५ असोज १ गतेदेखि ‘इन्ट्रानेट लिज’ सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रवद्र्धनात्मक योजना लागू गर्ने भएको छ ।

कर्पोरेट ग्राहकले टेलिकमको आइपी नेटवर्क प्रयोग गरी आफ्नो ‘मल्टिपल प्वाइन्ट कनेक्ट’ गर्नको लागि ‘इन्ट्रानेट लिज’ सेवाको उपयोग गर्न सक्छन् । बजार अवस्था र सेवाग्राहीको मागलाई ध्यानमा राखी महसुल दरलाई कम गरी थप आकर्षक तथा समसामयिक बनाइएको प्रवक्ता प्रतिभा वैद्यले बताउनुभयो । पहिले न्यूनतम २५६ केबीपीएस ब्यान्डविथको इन्ट्रानेट लिज लाइन उपलब्ध गराइएकोमा अब न्यूनतम ५१२ केबीपीएस ब्यान्डविथको लिज लाइन उपलब्ध गराइने छ ।

हाल २५६ केबीपीएस ब्यान्डविथको लिज लाइन प्रयोग गरिरहेका ग्राहकको समयावधि सकिएपछि स्वचालित रूपमा ५१२ केबीपीएसमा अपग्रेड हुनेछ र नयाँ महसुल दर पनि सोही मितिदेखि लागू हुनेछ । यही अनुसार ५१२ केबीपीएसको महसुल दर प्रतिमहिना रु एक हजार ६०० कायम गरिएको छ । त्यसैगरी एकदेखि १० एमबीपीएसको प्रतिएमबीपीएसको रु दुई हजार ७००, ११ देखि १०० एमबीपीएसको प्रतिएमबीपीएस रु दुई हजार ४०० र १०० एमबीपीएसभन्दा माथिको महसुल दर प्रतिएमबीपीएस रु दुई हजार १०० तोकिएको छ । उल्लेखित दरमा थप कर लाग्ने छ ।

आगामी असोज १ देखि मङ्सिर २९ गतेसम्म ९० दिन वाइम्याक्स सेवाको प्रमोसनल अफरअन्तर्गत असीमित डाटा प्याकेजलगायत विभिन्न प्याकेज उपलब्ध गराइने भएको छ । यसअन्तर्गत असीमित डाटामा थप कर लाग्ने छैन । ‘भोल्युम वेस्ड प्याकेज’मा थप कर लाग्ने छ । व्यक्तिगत प्रयोगकर्तालाई ५१२ केबीपीएस क्षमताको असीमित डाटा भोल्युम रु एक हजार ५०० मा उपलब्ध गराइने छ । सो प्याकेज चलाउने अवधि एक महिना हुनेछ । गाउँपालिकाका लागि यही क्षमताको प्याकेज रु एक हजारमा उपलब्ध गराइने प्रवक्ता वैद्यले बताउनुभयो ।

त्यसैगरी दुई एमबीपीएस गतिसम्मको वाइम्याक्सको विभिन्न भोल्युम बेस्ड प्याकेज उपलब्ध गराइने छ । यसअनुसार १५ दिनका लागि रु ५०० मा १० जीबी, एक महिनाका लागि रु एक हजारमा २० जीबी, तीन महिनाका लागि रु तीन हजारमा ७० जीबी र छ महिनाका लागि रु छ हजारमा १७५ जीबी भोल्युम उपलब्ध गराइने छ । एक वर्षका लागि रु १२ हजारमा ५०० जीबी र रु २० हजारमा एक हजार जीबी प्याकेज तथा एक वर्षे कर्पोरेट प्याकको रुपमा रु ३५ हजारमा दुई हजार ३०० जीबी प्याकेज उपलब्ध गराइनेछ ।

वाइम्याक्स प्रयोगका लागि आवश्यक डिभाइस यूएसबी डोङ्गलसहित बन्डलिङ गरेर पनि प्याकेज उपलब्ध गराइने छ । एक वर्षका लागि रु छ हजारमा २५० जीबी भोल्युम उपलब्ध गराइने छ । यूएसबी डोङ्गल निःशुल्क उपलब्ध गराइने छ । संविधान दिवस २०७५ को अवसरमा कम्पनीले ‘कन्स्टिच्युसन प्याक २०७५’ सहुलियत योजना ल्याएको छ । असोज १ देखि १५ गतेसम्म करसहित रु १८ मा सो प्याक खरिद गर्न सकिने छ । प्याक खरिद गरेपश्चात ७० मिनेटसम्म कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्कभित्र जति पनि असीमित कल गर्न, एसएमएस गर्न वा डाटा चलाउन सकिने टेलिकमले जनाएको छ । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result