Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कागेश्वरीमा कागको मूर्ति

भदौ ३१, २०७५ ३:१४ मा प्रकाशित
कागेश्वरीमा कागको मूर्ति
Share on FacebookShare on Twitter

काठमाडौँ, ३१ भदौ /  धातुका बिग्रिएका कवाडी सामग्री फाल्ने तयारी गर्नुभएको छ भने नफाल्नुस् त्यसलाई कागेश्वरी नगरपालिका–१ मा दिए त्यो सम्पदा निर्माण उपयोग हुनेछ ।

राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–१ मा रहेको कागेश्वरी मन्दिरमा एक हजार किलोग्रामको कागको अष्टधातुको मूर्ति स्थापना गर्न लागिएको हो । रमणीय शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेको कागेश्वरी धाममा कागको ठूलो मूर्ति स्थापना गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न लागिएको प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले राससलाई जानकारी दिनुभयो ।

“धार्मिक पर्यटनमार्फत रोजगारी, सीप विकास र आर्थिक समृद्धि हासिल गर्न, यस क्षेत्रका कागेश्वरी, सुन्दरीमाई, शिवपुरी र मणिचुडलाई चिनाउन कागको ठूलो मूर्ति स्थापना गर्न लागिएको हो”, उहाँले भन्नुभयो ।

यसका लागि नगरपालिकाका प्रत्येक घरधुरीलाई मिल्केका कवाड अष्ट धातुका सामान उपलब्ध गराउन आह्वान गरिएको छ । सँगै जोडिएका गोकर्णेश्वर र शङ्खरापुर नगरपालिकावासीलाई पनि अष्ट धातुका कवाड सामग्री बुझाउन अनुरोध गरिएको प्रदेशसभा सदस्य फुयाँलले बताउनुभयो ।

सुन, चाँदी, तामा, पित्तल, फलाम लगायतका धातुका सामग्री कवाडीलाई नदिइ सम्पदा निर्माणमा उपयोग गर्न लागिएको हो । यसका लागि गागलफेदी–आलापोट–भद्रवास–डाँछी–मूलपानी–गोठाटारलगायत क्षेत्रमा सार्वजनिक ¥याली गर्ने तयारीसमेत भइरहेको छ ।

कागको मूर्ति बनाउन रु ५० हजारभन्दा बढी सहयोग गर्ने दाताको नाम कागेश्वरी धामको शिलालेखमा उल्लेख गरिनेछ । सहयोग गर्न चाहनेले लोकतान्त्रिक शहीद उद्यान गागल निर्माण उपभोक्ता समितिको नाममा रहेको कृषि विकास बैंकको खाता नं ०२१०८०११८२७३७०१७ मा रकम जम्मा गर्न सक्नुहुनेछ ।

हाल यहाँ २०० केजीको कागको मूर्ति स्थापना गरिएको छ । यहाँ प्रत्येक वर्षको भाद्र शुक्ल अष्टमीका दिन विशेष मेला लाग्छ । नगरपालिकाको नाम नै कागेश्वरी महादेवको नामबाट राखिएकाले असोज १ गते नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरिएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।

कागेश्वरीमा मेला भर्न उपत्यकाका साथै छिमेकी जिल्ला र विदेशबाट समेत भक्तजन आउँछन् । श्रावण शुक्ल पूर्णिमाका दिन रसुवाको गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले ल्याएको जल आज कागेश्वरी महादेवलाई चढाउँदा आफ्नो इच्छा पूरा हुने धार्मिक विश्वास छ ।

नगरपालिकाको वडा नं १ का अध्यक्ष मुकुन्द गजुरेल कागका रूपमा रहेका कागेश्वरी महादेवमा स्नान गरेर जल चढाई पूजाआजा गर्दा सम्पूर्ण पाप नाश भई सुख, शान्ति प्राप्त हुने विश्वास रहेको बताउनुहुन्छ ।

मेलालाई व्यवस्थित बनाउन श्यामबहादुर लामाको संयोजकत्वमा मेला व्यवस्थापन समिति गठन गरिएको छ । समितिका संयोजक लामाले मेला भर्न आउने भक्तजनले सहजरुपमा दर्शन गर्न पाउने गरी व्यवस्था मिलाइएको बताउनुभयो । यसका लागि स्वयंसेवक, स्वास्थ्य शिविर, खानेपानी, व्यवस्थापन, सरसफाइ लगायतका उपसमिति गठन गरी सम्पूर्ण तयारी पूरा भएको उहाँले सुनाउनुभयो ।

कागेश्वरी महादेवलाई राष्ट्रियस्तरको धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा विकास गर्ने नगरप्रमुख थापाको प्रतिबद्धता छ । कागेश्वरी मन्दिरसम्म पुग्न चाबहिल–जोरपाटी–डाँछी–भद्रबास–आलोपोट, चाबहिल–जोरपाटी–गोकर्णेश्वर–दोबाटो चोक–आलापोट र चाबहिल–जोरपाटी–ब्रह्मखेल–गागलफेदी हुँदै पनि पुग्न सकिने वडा अध्यक्ष गजुरेलले जानकारी दिनुभयो ।

कागेश्वरीको महत्व

कागे अष्टमीमा यहाँ लाग्ने मेलाको धार्मिक एवं सांस्कृतिक महत्व छ । किंवदन्तीअनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिव लिङ्गमा चढाउँदै गरेका गोठालाले देखेको विश्वासका आधारमा वर्षेनी मेला लाग्दै आएको हो ।

कागे अष्टमीमा धाममा गई हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास छ । कागेश्वरी मेलामा हिन्दू र बौद्ध धर्मावलम्बीको पनि लाखौँको सङ्ख्यामा भीड लाग्ने गर्छ ।

सत्ययुगमा सतीदेवीको अङ्ग पतन भएर यहाँ एक शिवलिङ्ग उत्पन्न भएको भनाइ स्वस्थानी व्रत कथामा उल्लेख छ । यहाँको प्राकृतिक सौन्दर्यता पनि मनमोहक छ । कागेश्वरी महादेवको मन्दिर मुनि र माथि समेत आकर्षक छहरा एवं झरनाले यहाँ आउने जोसुकैको मन लोभ्याउँछ ।

यस क्षेत्रबाट उपत्यकाको दृश्यावलोकनसमेत गर्न सकिन्छ । यस अवसरमा वसन्तपुरस्थित कागेश्वरी मन्दिरमा पनि बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लाग्छ । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result