Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सुरेश हमालको अध्यक्षतामा ‘राप्ती समाज अमेरिका’ गठन

अशोज २, २०८० १२:२८ मा प्रकाशित
सुरेश हमालको अध्यक्षतामा ‘राप्ती समाज अमेरिका’ गठन
Share on FacebookShare on Twitter

 

स्यानफ्रान्सिस्को, क्यालिफोर्निया ।
सेप्टेम्वर १८
हरितालिकाको अवसर पारेर नेपालको राप्ती क्षेत्रवाट  अमेरिकामा रहेका नेपालीहरुले ‘राप्ती समाज अमेरिका’को स्थापना गरेका छन् । स्यानफ्रान्सिस्को बे एरियामा सामाजिक क्षेत्रमा कृयाशील रहेका सुरेश हमालको अध्यक्षतामा  सेप्टेम्वर १७ तारेख आइतवार  एक विशेष कार्यक्रमको वीच सो संस्था स्थापनाको घोषणा गरिएको हो । हमाल लामो समयदेखि नेपाली समुदायमा सकृय युवाको रुपमा परिचित छन् ।

संस्थाको उद्घाटन प्रमुख अतिथिको रुपमा बे एरियाका प्रबुद्ध ब्यक्ति एवं समाजसेवी डिकेन्द्र मास्के र बिशेष अतिथिको रुपमा चर्चित साहित्यकार एवं लेखिका भुषिता बशिष्ट र साहित्यकार एवं एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर रीतादेवी प्रधानले पानसमा बत्ति प्रज्वलन गरी संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रमका बक्ताहरुले राप्ती समाज अमेरिका स्थापनाको अवसरमा बधाइ ज्ञापन गर्दै सफलताको शुभकामना दिएका थिए ।
समाजका अध्यक्ष हमालले राप्ती क्षेत्रवाट अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली र आफन्तजनवीच भावनात्मक एकता, सद्भाव एवं पारस्पारिक सहयोग आदानप्रदानको लागि समाजको स्थापना गरिएको बताए । समाजका छरिएर रहेका आफन्तजनलाई एकतावद्ध बनाउने र एक आपसमा आइपर्ने समस्या समाधानमा  समाज कृयाशील रहने उनले बताए ।

‘हामी राप्ती क्षेत्रमा आवद्ध रहेका हरु एक न एक प्रकारले नाता कुटुम्वमा पनि जोडिएका छौ, यसकारण पनि संस्थागत रुपमा नै एकतावद्ध हौ भन्ने दीर्घकालीन सोचका साथ राप्ती समाज अमेरिकाको स्थापना गरेका हौ,  यसको उदेश्य विशुद्ध सामाजिक सेवा र परोपकार हो’, अध्यक्ष हमालले दुरवीनसंगको कुराकानीमा बताए । उनले संस्था विशुद्ध रुपमा सामाजिक रहेको र कुनैपनि राजनीतिक अवरणभन्दा माथी रहेको जिकीर गरे ।
उनका अनुसार अमेरिकाका अन्य राज्यहरुमा रहेका राप्ती क्षेत्रका मानिसहरुलाई पनि संस्थामा क्रमश संलग्न गराउदै लगिने छ ।
आइतवार घोषणा गरिएको कार्यसमितिको अध्यक्षमा सुरेश हमाल दाङ , उपाध्यक्षमा गोबिन्द चलाउने (सल्यान ),  उपाध्यक्षमा बिनोद पुन  (रुकुम), महासचिवमा कृष्ण बुढाथोकी  (सल्यान), सचिवमा दिपक रोका (दाङ), सह सचिबमा  महेन्द्र घर्ती (रोल्पा), कोषाध्यक्षमा नर बहादुर कुसारी (रुकुम), सह कोषाध्यक्षमा बिष्णु बन्जाडे (दाड) छन भने प्रबक्तामा भरत कुमार वली ( दाङ )लाई तोकिएको छ ।

कार्य समितिका सदस्यहरुमा कर्ण बहदुर वली, रमेश वली, शिवराज भुषाल, डम्बर बहादुर के सी, दिपेश घिताल र सन्तोष भण्डारी रहेका छन् । कार्यसमितिले बल बहादुर केसी (दाङ),कपिल डॉगी (दाङ), बिर बहादुर बुढाथोकी (दाङ), मनराज देवकोटा (रुकुम), बासु क्षेत्र (दाङ)  र थलविर वली (रुकुम ) रहेको सल्लाहकार समिति पनि चयन गरेको छ । राप्ती अंचलवाट अमेरिका आई बसोवास गर्नेहरुको संख्या २० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ ।आइतवार हरितालिका तीजको अवसरमा नाचगान र शुभकामना आदानप्रदान गरिएको थियो ।

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

व्यवसायी अर्याललाई पितृशोक
आप्रबास मामिला

व्यवसायी अर्याललाई पितृशोक

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result