काठमाडौं, असोज ४ । कबड्डी ३ ले प्रर्दशनको पहिलो दिन नै नेपाल बक्सअफिसको करोड क्लवमा प्रवेश गरेको छ ।
चलचित्रले पहिलो दिन नै १.४७ करोडको व्यापार गरेको छ । दोस्रो दिन शनिबार फिल्मले देशव्यापी १ करोड ७८ लाख कमायो ।
दुई दिनको कूल कमाइ ३ करोड २५ लाख हुन आउँछ । वितरण कम्पनी स्टेसन फाइभले यसलाई पुष्टि गरेको हो । शनिबार देशभर फिल्मको अकुपेन्सी र फुटफल निकै उच्च थियो ।
एकलभन्दा मल्टिप्लेक्समा फिल्मको कलेक्सनमा उछाल छ । पोखरा, नारायणगढ लगायतमा समेत फुटफल उच्च रहेको विवरणमा उल्लेख छ । हाइप भएको कारणले पनि कबड्डीलाई हेर्न दर्शक हलमा ओइरिएका हुन् । सबै उमेर समूहका दर्शक हल पुगेका छन् ।
दर्शकहरुले चलचत्रिप्रती दर्शाएको मायाले आफूलाई थप उत्साहित वनाएको निर्देशक रामवावु गुरुङले दूरविन नेपालसग वताए ।
क्यूएफएक्सले शनिबार सोजमा बढोत्तरी गर्दै कबड्डी ३ लाई ७४ सोज उपलब्ध गराएको थियो । रामबाबु गुरुङ निर्दे्शित फिल्ममा दयाहाङ राई, रिस्मा गुरुङ, उपसनासिंह ठकुरी, कर्म, विल्सनविक्रम राई लगायतको अभिनय छ ।
प्रतिक्रिया लेख्नुहोस्:-