Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जखेरा तालमा पर्यटकको घुइँचो

अशोज ११, २०७५ १:५७ मा प्रकाशित
जखेरा तालमा पर्यटकको घुइँचो
Share on FacebookShare on Twitter

लमही, ११ असोज / लमहीको जखेरा तालमा पर्यटकको घुइँचो लाग्ने गरेको छ । पछिल्लो समय दैनिक एक हजारदेखि दुई हजार पाँच सयसम्म पर्यटक आउने गरेका छन् ।

ताल संरक्षण समितिका अध्यक्ष विषराम चौधरीका अनुसार पछिल्लो समय जखेरा ताल अवलोकन गर्नेको घुइँचो लाग्ने गरेको छ । तालको प्रचारप्रसार व्यापक भएकाले पनि पछिल्लो समय पर्यटकको सङ्ख्यामा वृद्धि भएको उहाँले बताउनुभयो । तालको प्राकृतिक सुन्दरता, पहाडैपहाडको बीचमा बनेको तालको दृश्यावलोकनका लागि यहाँ आन्तरिक पर्यटक बढी आउने गरेका छन् । अहिले दाङसहित प्यूठान, रोल्पा, सल्यान, रुकुम, बाँके, कपिलवस्तु, बर्दिया, सुर्खेतलगायतका स्थानबाट आन्तरिक पर्यटक अवलोकन गर्न आउने गरेका छन् ।

लमही नगरपालिका–३ मा रहेको उक्त ताल जिल्लाकै प्रसिद्ध पर्यटकीय स्थल हो । सात बिघा क्षेत्रफलमा फैलिएको सो तालमा अहिले गणेश मन्दिर, त्रिसिद्धेश्वरी महादेव, कालिका मन्दिर र राधा कृष्ण मन्दिर निर्माण गरिएको छ । तालको किनारमा मन्दिरबीचमा फुलेका कमलका फूल, डुङ्गाबाट देखिने उत्तरतर्फको हरियो डाँडा अनि चराचुरुङ्गीको आवाजले पर्यटकलाई थप आकर्षण गर्ने गरेको छ ।

यहाँ विभिन्न ठाउँबाट वनभोजका लागि आन्तरिक पर्यटक आउने गरेका छन् । तालमा माछापालन शुरु गरिएको छ । माछापालन नै आर्थिक स्रोत बनेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका संस्थापक अध्यक्ष रामप्रसाद उपाध्याय बताउनुहुन्छ । “यहाँ ताल व्यवस्थापनको अभाव खट्किन थालेको छ,” उहाँले भन्नुभयो । झारपातका कारण तालको सौन्दर्यमा कमी आएको छ । “एउटा मात्र डुङ्गाले आगन्तुकको माग पूरा गर्न सक्दैन,” उपाध्यायले भन्नुभयो, “पालो पर्खिनुपर्ने अवस्था छ ।” तालको नियमित सफाइ र डुङ्गाको सङ्ख्या बढाउन सके जखेरामा बाह्य पर्यटक पनि भित्र्याउन सकिन्छ ।

जखेरा तालको संरक्षणका लागि रु २० लाख विनियोजन गरिएको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताउनुभयो । पाँच वर्षमा ताललाई नमूना बनाउने गरी काम अघि बढाइएको उहाँको भनाइ छ । जखेरा तालको विकासका लागि बनाएको गुरुयोजनाअनुसार काम अगाडी बढिरहेको केसी बताउनुहुन्छ ।रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result