इटहरी, २३ असोज / बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, रेडियोलोजी विभागमा कार्यरत अरुण गुप्ताले ‘न्युक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ’ विषयमा विद्यावारिधि प्राप्त गर्नुभएको छ ।
सिओल नेशनल युनिभर्सिटी कोरियाबाट सो विषयमा विद्यावारिधि प्राप्त गर्नुहुने उहाँ नेपालमै पहिलो व्यक्ति भएको प्रतिष्ठानले जनाएको छ ।
यो विषयमा विद्यावारिधि प्राप्त गर्ने आफू पहिलो नेपाली हुन पाएकोमा निक्कै गर्व महसुस भएको गुप्ताले बताउनुभयो । रासस
प्रतिक्रिया लेख्नुहोस्:-